आज: २०८२ आश्विन २, बिहिबार | Thu, 18, Sep, 2025

जिल्ला प्रशासन कार्यालय धादिङको अत्यावश्यक बाहेकका सबै सेवा बन्द

२०७८ माघ ८, शनिबार मा प्रकाशित ( ३ साल अघि) ६०४७ पटक पढिएको
नारी बाटिका


धादिङ- जिल्ला प्रशासन कार्यालय धादिङले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । शनिबार प्रशासनले एक सूचना जारी गर्दै ओमिक्रोनको संक्रमण बढेपछि आईतबारदेखि अर्को सुचना जारी नभएसम्मको लागि अत्यावश्यक बाहेकका काम बन्द गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय जिल्लामा पनि संक्रमण तीब्र रूपमा फैलिएको र प्रशासन कार्यालयमा कार्यरत कतिपय कर्मचारीहरुमा पनि संक्रमणसँग मिल्दाजुल्दा लक्षणहरु देखा पर्नुका साथै कार्यालयमा सेवाग्राहीको अत्यधिक भिडभाड भई कार्यालयबाटै कोभिड संक्रमण फैलिन सक्ने जोखिमका कारण अत्यावश्यक बाहेकका सेवा स्थगन गरिएको सुचनामा उल्लेख गरिएको छ ।
कार्यालयबाट सम्पादन हुने शान्ति सुरक्षा लगायतका अत्यावश्यक कार्य बाहेक अन्य सेवाहरु जस्तै नागरीकता, राहदानी, राष्ट्रिय परिचयपत्र, संस्था दर्ता नविकरण, नावालक परिचयपत्र, सिफारीस लगायत अन्य सेवाहरु स्थगन गरीएको छ । साथै अत्यावश्यक सेवा लिन आउनुहुने सेवाग्राहीले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गरी साथमा खोपकार्ड वा खोपकार्डको फोटो लिएर आउन समेत अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस