
धादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्षको उम्मेदवार संगिता कुमालले मतदाता शिक्षा संचालन कार्यक्रम संचालन गर्नुभएको छ ।
यस पटक निर्वाचन आयोगले मतदाता शिक्षा संचालन नगरेका कारण अलमलिएका मतदातालाई सिकाउँदै हिड्नुभएको छ । त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्षका उम्मेदवार कुमाल, कुमाल समूदायको उपाध्यक्षको एक मात्र प्रतिनिधि हुनुहुन्छ ।
आफूलाई मत हाल्न चाहनेहरुले आफूलाई सोधेकोले धेरैलाई भोट दिने तरिका सिकाउँदै हिडेको कुमालको भनाइ छ ।
आर्थिक, सामाजिक रुपमा पछाडी रहेको कूमाल समूदायले आफ्नो प्रतिनिधि पाउने भएपछि उत्साहि भएका छन् ।












प्रतिक्रिया दिनुहोस