
नारी बाटिका
काठमाडौं – मौसम खराब भएपछि जोमसोमबाट ताराको सम्पर्कविहीन टि्वनअटर खोज्न गएको हेलिकोप्टर फर्किएको छ ।
हुस्सु र पानी परेकाले खोजी र उद्धारका लागि गएको फिस्टेल एयरको हिलिकोप्टर फर्किएको पोखरा नागरिक उड्डययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले बताए ।सम्पर्कविहीन भएको ताराको टि्वनअटर खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको थियो ।
मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार हेलिकोप्टरबाट खोजी तथा उद्धार नभएपछि हेलिकोप्टर अन्तिम समय सम्पर्कमा आएको लेते पास र धौलागिरि श्रृंखला आसपासका क्षेत्रमा प्रहरी र स्थानीय खटाइएको छ । त्यस्तै उपल्लो भेगमा रहेका गोठालाहरुसँग पनि सम्पर्क गरी टि्वनअटर देखिए नदेखिएकोबारे बुझ्न थालिएको छ ।
कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन । ( ई-कान्तिपुर )








प्रतिक्रिया दिनुहोस