आज:  | Mon, 13, May, 2024

सात अर्ब २० करोडको आईपीओ बिक्री खुल्ला गरिएको ।

५ श्रावण २०७९, बिहीबार १८:४४ मा प्रकाशित ( १ साल अघि) ३३८ पाठक संख्या
नारी बाटिका


५ साउन २०७९

पछिल्ला अवस्थामा खस्कंदै गएको नेपाली शेयर बजार केही दिन यता सुधारउन्मुख रहंदै शेयर बजार क्रमशः विस्तार हुँदै गइरहेको पाइएको छ । साधारण शेयर बिक्रीमा भएको उल्लेख्यनिय वृद्धि, हितग्राही खाता खोल्ने क्रममा भएको वृद्धि का कारणले गर्दा पनि बजार सकारात्मक हिसावले विस्तार भएको पाइएको छ । सरकारले वास्तविक क्षेत्रका कम्पनीलाई पनि साधारण शेयर बिक्रीका लागि अभिप्रेरित गरे पछी सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार ५२ लाख ६० हजार २५१ वटा हितग्राही खाता खुलेका छन् । त्यस्तै ४३ लाख ६८ हजार ६३९ मेरो शेयरको अकाण्ट खुलेको छ । कूलरुपमा आठ अर्ब ५८ करोड ४३ लाख ५८ हजार ६६९ कित्ता शेयर अभौतिकीकरण भएको छ । यसैगरी ३५ वटा म्युचुअल फण्ड र ५९ वटा बण्ड र डिवेञ्चर पनि सूचीकृत भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस