
काठमाण्डौं – नेकपा एमालेले आज आफ्नो चुनावी घोषणा पत्रमा अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने उल्लेख गरेको छ । लामो समयदेखि अलपत्र परेको नेपालको अर्बिटल स्लटलाई नेपालकै स्वामित्वमा आफ्नै नेतृत्वको सरकारले ल्याएको बताएको छ ।
उक्त अर्बिटल स्लट उपयोग गरी अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गरिने एमालेले बताएको छ । ‘ब्याण्डविथको भुक्तानीका लागि विदेशिने गरेको ठूलो रकम बाहिरिनबाट रोकिने छ’ एमालले भनेको छ । यसअघि फ्रान्सको कम्पनी थेल्ससँग एमाले नेतृत्वको सरकारले समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेको थियो ।












प्रतिक्रिया दिनुहोस