आज:  | Fri, 28, Mar, 2025

धादिङमा भोलि बुधबारदेखि मदिराजन्य पदार्थ सेवन तथा विक्रि वितरणमा रोक

२९ कार्तिक २०७९, मंगलवार २२:१० मा प्रकाशित ( २ साल अघि) २७०७ पटक पढिएको
नारी बाटिका


धादिङ – निर्वाचन नजिकिएसँगै धादिङमा भोली रमति १२ बजेदेखि मदिराजन्य पदार्थ सेवन तथा विक्रि वितरणमा रोक लगाईएको छ । आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले मदिराजन्य पदार्थ विक्री वितरणमा रोक लगाएको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न भोली कार्तिक ३० गतेदेखि मतपरिणाम घोषणा नभएसम्म मादक पदार्थ सेवन, ओसारपसार, विक्री वितरणमा निषेध गरिएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
यदि कोही कसैले प्रशासनले जारी गरेको सूचनालाई उलंघन गरेको पाईएमा सेवनकर्ता र विक्रेतालाई कानून बमोजिको कारवाही गरिने प्रशासनले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस