आज:  | Tue, 21, Jan, 2025

समानुपातिक तर्फ मतगणना अपडेट् कुन दलको कति ? विवरण सहित ।

१३ मंसिर २०७९, मंगलवार १४:१० मा प्रकाशित ( २ साल अघि) ११८७ पटक पढिएको
नारी बाटिका


काठमाडौँ, मंसिर १३ ।
यही मङ्सिर ४ गते भएको निर्वाचनमा समानुपातिक तर्फ कुल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना निर्वाचन आयोगले जनाएएको छ ।

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने प्रकृया हुनाले दलको लोकप्रियता को निर्धारण हुन्छ । निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको समानुपातिक मत तर्फ ठुला दलको रुपमा रहेका नेकपा एमाले लाई २५ लाख ३४ हजार ३ सय २३,

नेपाली कांग्रेसलाई २३ लाख ९९ हजार ८ सय ३१, राष्ट्रिय स्वतन्त्र पार्टीलाई १० लाख ६३ हजार ७ सय १८, नेकपामाओवादी केन्द्रलाई १० लाख ६२ हजार ७ सय ४७ मत प्राप्त भएको छ । तेसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ५ लाख ४५ हजार ६ सय ५६, जनता समाजवादी पार्टीलाई ३ लाख २६ हजार ३ सय ७२ मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।

थ्रेस होल्ड कटाउनका लागि सङ्घर्ष गरिरहेका नेकपा एकीकृत समाजवादी र जनमत पार्टी रहेका छन् । निर्वाचन आयोगले दिएको विवरण अनुसार जनमत पार्टीले २ लाख ६२ हजार ८ सय २६ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले २ लाख ५२ हजार २७ मत प्राप्त गरेको छ । साना दलको रुपमा देखिएका अन्य दलले भने गणना हुन बाँकी रहेको मत बाट थ्रेस होल्ड कटाउने दलले अपेक्षा राखेका छन् ।
जम्मा खसेको कुल मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ । मतगणना जारी नै रहेकाले सदर मत कति हुन्छ भन्ने आँकडा आइसकेको त छैन तर पनि खसेको मत अनुमानित एक करोड सात लाख रहेको छ भने यसमा बदर मत कटाएर बाँकी हुन आएको मतको तीन प्रतिशत प्राप्त गर्ने दलले थ्रेसहोल्ड पार गर्ने कानुनी व्यवस्था छ ।

आयोगको अनुसार नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९ सय ६२, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २७ हजार ९ सय १८, नेपाल मजदूर किसान पार्टीले ७२ हजार ८ सय, हाम्रो नेपाली पार्टीले ५२ हजार ८ सय ४३ मत, मंगोल नेशनल अर्गनाइजेशनले ४५ हजार ६ सय ६३, राष्ट्रिय जनमोर्चाले ४४ हजार ८ सय ७३, नेपाल सङ्घीय समाजवादी पार्टीले ३१ हजार २ सय २९ र नेकपा मालेले २६ हजार ९ सय ७१ मत प्राप्त गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत कूल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए । त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले १ हजार ६ सय ९४ मत प्राप्त गरेको सवै भन्दा कम मत प्राप्त गर्ने पार्टीमा पर्दछ ।

त्यस्तै आयोगले प्रदेशतर्फको पनि समानुपातिकतर्फको मतगणना जारी रहेको जनाएकाछ । प्रदेश नं १ मा १५ लाख ८४ हजार ८ सय ६९ मतगणना भएको छ । मधेश प्रदेशमा १६ लाख २५ हजार ७ सय ५८, वाग्मती प्रदेशमा १५ लाख ९८ हजार ४ सय ३४, गण्डकी प्रदेशमा ९लाख १८ हजार ८ सय ३९, लुम्बिनी प्रदेशमा १८ लाख ५९ हजार ६२, कर्णाली प्रदेशमा ५ लाख ७७ हजार ८ सय २९ र सुदूरपश्चिम प्रदेशमा ८ लाख ७ हजार १ सय ३८ मत गणना भइसकेको विवरण नारी बाटिका डट्कम अनलाईन खवरलाई जानकारी गराउनु भयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस