आज:  | Tue, 14, May, 2024

बैँक तथा वित्तिय संस्थामा कारोवार गर्नको लागी ‘केवाईसी’ विवरण अनिवार्य रुपमा भर्नुपर्ने ।

१९ मंसिर २०७९, सोमबार २०:०८ मा प्रकाशित ( १ साल अघि) ३६२ पाठक संख्या
नारी बाटिका


नेपाल राष्ट्र बैंकले प्रचलित कानुन बमोजिम ग्राहक पहिचान ९केवाईसी० विवरण नभर्ने सेवाग्राहीसँग कारोबार नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ
काठमाण्डौ २०७९ मंसिर १९
बैँक तथा वित्तिय संस्थामा कारोवार गर्नको लागी ‘केवाईसी’ विवरण अनिवार्य रुपमा भर्नुपर्ने निर्देशन जारी गरेको छ ।
कुनै ग्राहक सम्पत्ति शुद्धीकरण वा आतंकवादी क्रियाकलापमा संलग्न रहेको शंका लागेमा त्यस्तो ग्राहकको पहिचान गर्दा, ग्राहकले जानकारी पाउने देखिएमा प्रमाणविनै वित्तीय जानकारी इकाइमा उजुरी गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

बैँक तथा वित्तिय संस्थामा कारोवार गर्नरररररको लागी ‘केवाईसी’ विवरण अनिवार्य भर्नुपर्ने ब्यवस्था नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै प्रचलित कानुन बमोजिम ग्राहक पहिचान सम्बन्धी प्रावधान पालना हुन नसक्ने व्यक्तिको हकमा भने खाता नखोल्ने वा व्यावसायिक सम्बन्धनभएको खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्ने बताएको छ । यस्तो अवस्थामा संस्थाले आवश्यक ठानेमा शंकास्पद् कारोबार र गतिविधिको प्रतिवेदन वित्तीय जानकारी सम्वन्धित इकाईमा पेश गर्न पनि जारी निर्देशनमा भनिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस