आज:  | Thu, 25, Apr, 2024

मेसी–मोड्रिच कडा भिडन्त हुदै…….

२८ मंसिर २०७९, बुधबार ०९:२६ मा प्रकाशित ( १ साल अघि) ३२० पाठक संख्या
नारी बाटिका



काठमाण्डौ  २०७९  मंसिर २८

.चार वर्ष अघिको उपविजेता क्रोएसियाले फेरि फाइनल खेल्नको लागी सुपर स्टार लियोनल मेसीलाई रोक्न सक्नु पर्दछ । किनकी यतिवेला अर्जेन्टिनाको खेल कप्तान मेसीमै निर्भर रहेको छ ।

कतारमा भैरहेको खेल संस्करणका दर्शक माझ सबै भन्दा लोकप्रिय टिम बन्न सफल अर्जेन्टिना नै रहेको छ। यो सफलताको मुख्य कारण भनेको मेसी नै हुन् । ब्राजिलको यात्रा क्वाटर फाइनलमै सिमित रह्र्रयो । यसको लागी बढी समर्थक भएको र रंगशालामा हुटिङ लगायर त्यहाँको माहोल तताई रहेको अर्को टिम मोरक्को रहेकोछ  । सेमिफाइनल पुगेको पहिलो अफ्रिकी टिम मोरक्कोले प्रवेशका लागि बुधबार अल बायत रंगशालामा डिफेन्डिङ च्याम्पियन फ्रान्स संग सामना गर्दै छ । त्यस अघि नै मेसीको टिम अर्जेन्टिना फाइनलको तय गर्दै उपाधि नजिक पुग्ने दाउमा छ  ।

फुटबलले पाएको सर्वकालीन महान् खेलाडी मध्येका एक मेसी पाँचौं प्रयासमा पहिलोपल्ट विश्वकप उपाधि जितेर आफ्नो करिअर सार्थक पार्न चाहन्छन् । ३६ वर्ष भइसकेको छ उनको टिम विश्वविजेता छैन । उनलाई विश्वकप ट्रफीले सन् १९८६ को च्याम्पियन डिएगो म्याराडोनाको स्तरमा उभ्याउन सक्ने सम्भावना पनि छ  ।


पहिलो खेलमै साउदी अरेबिया विरुद्ध अनपेक्षित हार बेहोरेपछि ३५ वर्षीय मेसीकै उत्कृष्ट प्रदर्शनमा मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया र नेदरल्यान्ड्सको चुनौती पन्छाउँदै अर्जेन्टिना सेमिफाइनमा पुग्न सफल भएको हो । मेसी चार गोल सहित गोल्डेन बुटको होडमा फ्रान्सका केलियन एमबाप्पे भन्दा एक गोलले पछाडि छन् । रुसमा गोल्डेन बल अवार्ड जितेका प्लेमेकर लुका मोड्रिचले ३६ वर्षको उमेरमा पनि उत्कृष्ट लय कायमै राखेपछि क्रोएसिया समूह चरणमा मोरक्को र बेल्जियम विरुद्ध गोल रहित खेले पनि क्यानडालाई ४–१ ले हराई अीघ बढेको थियो । उसले अन्तिम १६ मा जापान र क्वाटर फाइनलमा ब्राजिललाई पछाडि परेको अवस्थामा गोल गरी बराबरी गर्दै टाइब्रेकरमा जित हात पारेको हो । अपत्यारिलो तरिकाले मिडफिल्डमा देखिने मोड्रिच र कुनै पनि बेला खेलको नतिजा उल्टाउन सक्ने पहिलो सेमिफाइनलमा नै मेसीको प्रतिस्पर्धा पनि हुनेछ   ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस