आज: २०८२ माघ २७, मंगलबार | Tue, 10, Feb, 2026

महोत्सव स्थलमा दैनिक रक्तदान, रक्त समुह र सुगर प्रेसरको समेत परीक्षण हुने ।

२०७९ मंसिर २९, बिहिबार मा प्रकाशित ( ३ साल अघि) ८२६४ पटक पढिएको
नारी बाटिका


धादिङ,२९ मंसिर २०७९

डेङ्गु संक्रमणका कारण देशभर रगतको अभाव छ । देशभर भइरहेको रगत अभावलाइ मध्यनजर गर्दै,आठौं धादिङ महोत्सव मुल आयोजक समितिले महोत्सव अवधिभर रक्तदान तथा रक्त समुह परीक्षण परिक्षण समेत गर्ने भएको छ ।
महोत्सव स्थलमा दर्शकहरुको भीडभाड रहने र रक्तदान गर्ने रक्तदाताहरु धेरै रहने भएकाले रगतको अभावलाइ मध्यनजर गर्दै महोत्सव अवधिभर नै रक्तदान गर्न सकिने कार्यक्रम राखिएको धादिङ उद्योग बाणिज्य संघका महासचिव तिलक सिंखडाले जानकारी दिनु भएको हो ।
रक्तदान कार्यक्रम संगै निशुल्क रक्त समुह परीक्षण र सुगर र प्रेसरको पनि परीक्षण गरिने सिंखडाले जानकारी दिनु भएको । ‘महोत्सव अवलोकन गर्ने दर्शकहरुलाइ लक्षित गरेर सुगर प्रेसर परीक्षण पनि हुने भएकोले यस्ता विमारीलाई सु अवशर प्रदान गर्न लागिएको हो । ‘कतिपय ब्यक्तिहरुको रक्त समुह थाहा पाएकै हुन्न, त्यसैलाइ मध्यनजर गरेर महोत्सव अवलोकन कर्ताहरु जसलाइ आफ्नो रक्त समुह थाहा छैन, उसको रक्त समुह पनी छुट्याउने ब्यवस्था मिलाएका छौँ , ।’
परीक्षण कार्यलाई ब्यवस्थित बनाउन स्वास्थ्य परीक्षण स्टलनै राख्ने तयारी गरेको सिंखडाले जानकारी दिन ुभयो ।
नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्रले रक्तदान कार्यक्रमको समन्वय गर्ने र महोत्सव मुल आयोजक समितिले रक्त समुह परीक्षण, रक्तदान तथा सुगर प्रेसर परीक्षणको ब्यवस्थापन गर्ने तय भएको मुल आयोजक समितिका संयोजक एवं धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु बहादुर थपलियाले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस