आज:  | Tue, 14, May, 2024

अवैधानिक रुपमा संन्चालित क्रसर उद्योगहरु बन्द गर्न गर्न अनुगमन सुरु ।

२९ पुष २०७९, शुक्रबार १०:०८ मा प्रकाशित ( १ साल अघि) १९७ पाठक संख्या
नारी बाटिका



धादिङ २०७९ पुस २९
गृह मन्त्रालयले देशभर रहेका अवैधानिक क्रसर उद्योग बन्द गर्न ७७ वटै जिल्लामा परिपत्र गरेपछी जिल्ला प्रशासन कार्यलयको सक्रियताा अनुगमन गर्न सुरु गरिएको छ । जिल्लाका प्रशासन कार्यालयलाई पत्राचार गरी अवैध रुपमा संन्चालन भएका देशभरका क्रसरउध्योग वन्द गर्नका लागी निर्देशन जारी गरेपछि यसको प्रभाव देशभरी नै पर्न थालेको छ । त्यस्तै नवाकोट र धादिङमा रहेका सबै ुखानी र क्रसर उद्योग बन्द भएका छन् खानी र क्रसर उद्योग बन्द भएपछि पालिका र जिल्ला समन्वय समितिले भने राजस्व कम उठ्ने र निर्माण सामग्रीको अभावले ्रविकास निर्माणका सबै काम ठप्प हुने चिन्ता व्यक्त गरेका छन् ।गृह मन्त्रालयले देशभर अवैध रूपमा सञ्चालनमा रहेका क्रसर र बालुवा पशोधन उद्योग बन्द गर्नका लागी नियम अनुसार दर्ता भए नभएका कम्पनी,उध्योगहरु छानबिन गर्न निर्देशन दिएसँगै नवाकोट र धादिङमा सञ्चालित सबै उद्योग आइतबारबाट बन्द भएका छन् । क्रसर र बालवा धुने फिरफिरे मेसिनहरु समेत ुबन्द भएसँगै राजमार्गमा टिपर गुड्न कम भएका छन् । प्रचलित कानुन विपरीत ढुङ्गा, गिटी, रोडा तथा बालुवा उत्खननलाई नियमन गर्न तथा विकास निर्माण आयोजनामा मापदण्ड अनुसार तोकिएको परिमाण भन्दा बढी ढुङ्गा,गिटी, रोडा तथा बालवा उत्खनन अर्दै आईरहेका छन् । निरन्तर रुपमा नदी जन्य पदार्थको उत्खनन भइ रहँदा वातावरण संरक्षण ऐन, २०७६मा विकास निर्माण कार्य गर्दा जथाभावी रुपमा उत्खनन् गर्दा भुकम्प,वाढी पहिरोको धेरै जोखिम बड्ने भएकोले यसतर्फ ध्यान पुर्याउन उल्लेख गरिएको छ । तर स्थानिय तहका सरकारका प्रतिनिधी हरु भने यसरी क्रसर उध्योग वन्द गरिनुले विकास निर्माण कार्य ठप्प हुने र राजस्व पनि कम उठ्ने चिन्ता व्यक्ति गरिरहेका छन् । अदालतबाट भएको आदेश कार्यान्वयन गर्न भन्दै गृहमन्त्रालयले परिपत्र जारी गरेको थियो । गृह मंन्त्रालयले जारी गरेको गत बुधबारको निर्णय अनसार परिपत्र गरिएको हो । ुदर्ता र नवीकरण नगरी सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका यस्ता ढङ्गा, गिटी, रोडा ुतथा बालुवा उत्खनन, प्रशोधन कार्यमा रोक लगाएकोमा नागरिकहरु भने वातावरण प्रदुषणमा समेत सुधार आई मानिसको स्वास्थ्यमा फाईदा हने वताएका छन् ।

तस्विर स्रोत त्रिशुली प्रवाह साप्ताहिक

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस