आज:  | Sat, 27, Apr, 2024

पोखरा विमान दुर्घटनामा मृत्यु भएका ६८ जनाको शव फेला र ३५ जनाको सनाखत ।

२ माघ २०७९, सोमबार १३:०३ मा प्रकाशित ( १ साल अघि) २०८ पाठक संख्या
नारी बाटिका



पोखरा २०७९ माघ २
आईतवार पोखरामा बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा ६८ शव भेटिएकोमा ३५ जनाको सनाखत भएको छ । कास्की प्रहरीका अनुसार आइतबार ६३ शव भेटिएकोमा सोमबार बिहान थप ५ गरी ६८ शव फेला पारिएको हो । त्येस्तै ६८ शव मध्य ३५ मात्रै सनाखत भएको छ ।

हराइरहेका ४ जनाको भने खोजी कार्य जारी रहेकोछ । पोखरा–७ घारीपाटन र पोखरा– १५ नयाँ गाउँ स्थित सेती नदीको खोचको अफ्ठ्यारो ठाउँमा जहाज दुर्घटना भएकाले हुनाले खोजी कार्य र उद्धारमा समेत निकै समस्या परेको छ ।

कास्की प्रहरीका निमित्त सूचना अधिकारी ज्ञानबहादुर खड्काका अनुसार भेटिएका सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । अहिले शवको पहिचानको काम भइरहेको छ । ‘हाल सम्म ३५ शवको पहिचान भइसकेको छ,’ खड्काले भन्नु हुन्छ ,शवको पहिचान पछि पोष्टमार्टम गरिने काम गरिने छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार पोष्टमार्टम पछि शव आफन्तको जिम्मा लगाइनेछ । शव जिम्मा लगाउन शव बाहन र एम्बुलेन्स तयार पारि सकिएको छ । पहिचान नभएका, विदेशी नागरिक र काठमाडौंकाको शव भने हेलिकोप्टर मार्फत काठमाडौं पठाइने निर्णय भएको केसीले जानकारी गराउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस