आज:  | Thu, 25, Apr, 2024

आज सभामुखको निर्वाचन हुने,साथै एमालेका देवराज र कांग्रेसकी ईश्वरी प्रतिस्पर्धामा छन् ।

५ माघ २०७९, बिहीबार ०८:४८ मा प्रकाशित ( १ साल अघि) २५८ पाठक संख्या
नारी बाटिका


काठमाडौं माघ ५ ।

आज सभामुखको निर्वाचन हुने भएको छ । सभामुखको निर्वाचनका लागी एमालेका देवराज र कांग्रेसकी ईश्वरी प्रतिस्पर्धामा छन् ।झापा(२ बाट प्रतिनिधि सभा सदसस्यमा निर्वाचित घिमिरे र दाङकी कांग्रेस नेत्री ईश्वरीmि न्यौपानेबिच प्रतिस्पर्धामा आज सभामुखको निर्वाचन हुने भएको छ ।

एमालेको स्थायी समिति सदस्य समेत रहेका घिमिरे आज सभामुखको निर्वाचनमा भिड्दै छन् । मतदानका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक समेत बोलाइएको छ ।

सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । सभामुखमा दुई दकश पछि यसरी बहुमतीय प्रक्रियामा रहेर निर्वाचन हुन लागेको हो । यस अघि २०५१ सालमा गरिएको सभामुखको निर्वाचन बाहेक त्यसपछि देखी निरन्तर रुपमा सर्वसम्त गरी सभामुख चयन भईरहेको नजिरमा उल्लेख गरिएको छ ।
सत्ता गठबन्धनका तर्फबाट एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । घिमिरे झापा(२ बाट निर्वाचित प्रतिनिधि सभा सदसस्य हुन् ।

एमालेको स्थायी कमिटीका सदस्य समेत रहनु भएका घिमिरे यस अघि पनि एक पटक राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनु भएको थिए ।

सत्ता गठबन्धन बाहिर रहेको कांग्रेसले भने नेत्री ईश्वरी न्यौपानेलाई उम्मेवदार बनाएको छ । दाङकी न्यौपाने समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिईन् ।

सभामुख निर्वाचित हुनका लागि बहुमत ल्याउनु पर्ने ब्यवस्था रहेको छ । त्यसका लागि २७५ सदस्यमा निर्वाचित हुन १३८ मत ल्याउनु पर्नेछ । निर्वाचित हुनमा सत्ता गठबन्धनका उम्मेदवार देवराजलाई यो सहज हुने अवस्था देखिन्छ ।

वहुमतका लागी सत्ता गठबन्धनका चार दलको मतले नै देवराजलाई पुग्ने देखिन्छ । एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत गरी १४५ मतले बहुमत हुनेछ ।

यसअघि सरकारलाई समर्थन गरेका जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी भने यतिवेला गठबन्धनमा असन्तुष्ट देखिएकाले बाहिर रहेका छन् । त्येसैले यी दुई पार्टीले सभामुखबारे कुनै निर्णय गरिसकेका छैनन् ।

पर्तिपक्षदल कांग्रेसकी नेत्री न्यौपानेको पक्षमा भने पार्टीकै ८८ मत छ साथै एकीकृत समाजवादीको १० मत पनि थप रहेको छ । यो यी पार्टीको मत जोड्दा न्यौपानेको बहुमत पुग्ने देखिदैन । बाँकी अन्य दलहरू लोकतान्त्रिक समाजवादी, नेमकिपा र जनमोर्चाले पनि आफ्नो पार्टीभित्र निर्णय गरिसकेका छैनन् । यदि उनीहरूले पनि समर्थन गरेको अबस्थामा पनि न्यौपानेको बहुमत पुग्दैन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस