आज:  | Fri, 19, Apr, 2024

आत्मदाह गरेका प्रेम आचार्यको न्यायका लागि विरोध प्रदर्शन ।

११ माघ २०७९, बुधबार २०:३० मा प्रकाशित ( १ साल अघि) २५५ पाठक संख्या
नारी बाटिका


 

काठमाण्डौ , माघ  ११  वुभवार

मंगलवार वानेश्वरको वेस्त सडक चोकमा आत्मदाह गरेका प्रेम आचार्यको न्यायका लागि आज माइती घरमा विरोध प्रदर्शन गरिएको छ ।
इलामका प्रेमप्रसाद आचार्यले यो देशको सुसाशन,जनताका न्याय, पढेलेखेका युवाहरु वेरोगारी बस्नुपरेको समस्या, सिधासादाले ईमान्दारी पुर्वक गरिखाने खाने व्यक्तिीले कतैपनि ठाउँ नपाउने, राजनितिक तन्त्र हावी र देशको अर्थतन्त्रमा चरम वेथिती र भष्ट्रचार मौलाउँदै गएकोमा आफुले सहन नसकेको फेसबुक स्टाटस मार्फस गुनासो पोख्दै मंगलवार संघीय संसद् भवन अगाडी आत्मदाह गरेका थिए ।

मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाएका इलामका ३७ वर्षीय आचार्यको बुधबार बिहान मृत्यु भएपछि उनको माग पुरा गरी न्याय दिन दबाब दिँदै युवाहरूले सरकार विरुद्ध विरोध प्रदर्शन गरेका छन्। स्व। आचार्यको २५ बुँदे  माग  पुरा गर्नका लागी युवाहरु विरोध प्रदशनमा उत्रिएका हन् ।

विभिन्न व्यवसाय गर्न खोज्दा राज्य व्यवस्था र नीति नियम बाधक बनी आफूले काम गर्न नसकेको र काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएको कारण ठूलो आर्थिक क्षति व्यहोर्नु परेको,,वालबच्चा लाई खान लगाउन,पढाउन पनि समस्या परेको र कुनै ठाउँमा रोजगारी खोज्दा पनि अवशर पाउन नसकेको भन्दै सामाजिक सञ्जालमा मृतक आचार्यले मृत्युअघि लामो ‘सुसाइड नोट’ लेखेका थिए ।

प्रदर्शनमा सहाभागीहरुले ‘यो देश हो कि बधशाला हो भन्दै सरकारलाई प्रश्न समेत गरेका छन् । प्रदर्शनकारीहरूले ‘अर्को जल्दो शरीर मेरो नहोस्’, ‘उद्यमशील नेपाल नारा मात्रै हो सरकार ? , ‘प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दे’, ‘देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?,

नेताका झोलेहरुले मात्रै रोजगार पाउने ,अरु गरिव,सिधा सादा र राजनितिक पहँुच नहुनेले विहान वेलुकी दुई हातमुख समेत जोड्न नपाउने हो की सरकार ?,आदी प्रश्न राखी ‘यो आत्महत्या होइन हत्या हो’, ‘ठूला व्यापारी कसको आश्रयमा रहेका छन् सरकार ? जस्ता नाराहरू लेखिएका ब्यानर र पम्प्लेट प्रदर्शन गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस