आज:  | Tue, 07, May, 2024

नेपाल राष्ट्र बैङ्कलेअन्तर बैङ्क एटीएम सेवामा लाग्ने शुल्क घटायो ।

१८ माघ २०७९, बुधबार ०७:१९ मा प्रकाशित ( १ साल अघि) ३०४ पाठक संख्या
नारी बाटिका


काठमाडौँ,१८ माघ ।

नेपाल राष्ट्र बैङ्कले अन्तर बैङ्क एटीएम सेवामा लाग्ने शुल्क घटाएको छ । एउटा बैङ्कको एटीएम कार्ड अर्को बैङ्कको एटीएम सेवामा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क अब अधिकतम् १५ रूपैयाँ मात्रै लाग्ने भएको छ ।

क्युआर स्क्यान गरी मोबाइल बैंकिङ बाट हुने डिजिटल कारोबारमा भएको पैसाको दैनिक कारोवारको सिमा पनि बढाइएको छ । हाल सम्म एउटा बैङ्कको एटीएम कार्ड अर्को बैङ्क तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा बैंकहरुले यो कारोबारको शुल्क २० रुपैयाँ सम्म लिँदै आएका थिए ।

नेपाल राष्ट्र बैङ्कले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९ जारी गरेपछी यो व्यवस्था लागु गर्न लागिएको हो । त्यस्तै बैङ्क तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेशभित्रै अर्को बैङ्क तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा पनि प्रति कारोबारमा बढीमा १५ रुपैयाँ सम्म शुल्क लाग्ने ब्यवस्था गरेकोछ ।

यस अघि मासिक २ वटा अन्तर बैङ्क एटीएम कारोबारमा निःशुल्क हुने व्यवस्था गरिएको थियो । एटिएम बैकिङ् सेवामा शंसोधन पछि मासिक २ वटा सम्म कारोबार निःशुल्क पाउने व्यवस्था भने बब बाट हटाइएको छ । यस्तै, राष्ट्र बैङ्कले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमामा पनि संशोधन गरेको जनाएको छ ।

यस अघि बैङ्क खाताबाट वालेटमा प्रतिदिन ५० हजार रुपैयाँसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेकोमा अब बढाएर प्रतिदिन २ लाख लाख रुपैयाँसम्म रकम पठाउन सकिने व्यवस्था समेत गरिएको छ । वालेटबाट अन्य बैङ्कको खातामा पनि प्रतिदिन २ लाख रुपैयाँसम्म पठाउन सकिने गरी जारी गरेको छ ।
यसअघि भने प्रतिदिन ५० हजार रुपैयाँमात्रै पठाउन सकिने व्यवस्था रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस