धादिङ,०२ फागुन ।
चितुवाको छाला सहित धादिङबाट २ जना पक्राउ ।
जिल्ला प्रहरी कार्यलय धादिङले चितुवाको छाला सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर गाउँपालिका–१ चापाखर्कका ३० वर्षीय दिपक मोत्तान र ४५ वर्षीय सुविन्द्र मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक (एसपी) गौतम मिश्रले जानकारी दिनु भएको छ ।
मकवानपुर कैलाश गाउँपालिका देखी थाक्रे गाउँपालिका –२ स्थित महादेव वेशीतर्फ आउने आग्रा मोरिया सडक खण्डबाट एक चितुवाको छालासहित उनीहरुलाई पक्राउ गरिएको हो ।
चितुवाको छाला कारोबार भैरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी धादिङ तथा मातहतबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको उपरिक्षक )एसपी) मिश्रले बताउनु भयो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएकोे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक(एसपी ) मिश्रले जानकारी दिनु भयो ।
पक्राउ परेका दुवै जनालाई आज धादिङवेशीमा पत्रकार सम्मेलन गर्दै, चितुवाको सिंगो छाला सहित प्रेस विज्ञप्ती जारी गरी सार्वजनिक गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङ
प्रेस विज्ञप्ति
चितुवाको छाला सहित तस्कर पक्राउ:-
जिल्ल धादिङ थाक्रे गा.पा.वडा नं. २ स्थितमा बाघको छालाको कारोवार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट प्र.नि. डबल बहादुर बमको कमाण्डमा खटिएको प्रहरी टोलीले मिति २०७९।११।०१ गते दिनको अं. १३:०० बजेको समयमा मकवानपुर कैलाश गा.पा.देखी महादेवबेशी तर्फ आउने आग्रा मोरिया सडक खण्डमा बाघको चितुवाको सिंगो (पुरै) छाला सहित निम्न अभियुक्तहरुलाई पक्राउ गरी यस जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङलाई बुझाईएको ।
निम्न:-
चितुवाको छाला:-
शिर देखी पुच्छर सम्म ७ फिट लम्वाई, अगाडीको बायाँ खुट्टा देखी दायाँ खुट्टा सम्म सिधा भुईमा सुताएर नाप्दा ४ फिट ६ ईन्च, पछाडीको बायाँ खुट्टाको टुप्पो देखी खुट्टा सम्म ४ फिट ४ ईन्च, बिचको पेटको भाग १ फिट ८ ईन्च चौडाई र पुच्छर २ फिट १० ईन्च लम्बाई भएको पुच्छर सहितको संरक्षित चितुवाको छाला थान-१ ।
पक्राउ अभियुक्तहरुको विवरण तथा बरामद चितुवाको छालाको फोटो:-
१. संलग्न जिल्ला मकवानपुर कैलाश गा.पा.वडा नं. १ चापाखर्क बस्ने बर्ष ३० को दिपक मोक्तान ।
२. संलग्न जिल्ला मकवानपुर कैलाश गा.पा.वडा नं. १ चापाखर्क बस्ने बर्ष ४५ को सुविन्द्र मोक्तान ।
फरार प्रतिवादी पक्राउ:-
कैद तथा जरिवना:-
प्रतिक्रिया दिनुहोस