आज:  | Wed, 08, May, 2024

दाताहरु बाट निसुल्क अनुदान गरेको रगतमा अस्पतालद्धारा मनोमानी शुल्क अशुली

१५ फाल्गुन २०७९, सोमबार ०९:०९ मा प्रकाशित ( १ साल अघि) ३२६ पाठक संख्या
नारी बाटिका


 

दाताहरु बाट निसुल्क अनुदान गरेको रगतमा अस्पतालको मनोमानी शुल्क अशुली

काठमाडौँ, फागुन १५ शोमवार ।

नेपाल रेडक्रस सोसाइटी र ब्लड बैंक सञ्चालन गर्ने अनुमति पाएका निजी अस्पतालले सेवादायी मन भएका दाताहरुले निःशुल्क अनुदान गरेका रगतमा निजी अस्पतालले मनोमानी शुल्क अशुली गर्ने गरेको पाईएको छ । जाँच गरी छुट्याइ सकेको रक्ततस्रावमा समेत प्रत्येक युनिट जाँच गरे सरहकै शुल्क असुली गर्ने गरेका छन् ।

दाताबाट निःशुल्क प्राप्त भएको रगतमा नागरिकका स्वास्थ्य सेवा पुर्याउने भनी खालिएका निजी अस्पतालहरुले मनोमानी शुल्क असुलिरहेका छन् । अस्पतालले एक पटक जाँच गरी छुट्याइ सकेको रक्ततत्त्वको समेत प्रत्येक युनिटको जाँच गर्दा सरहकै शुल्क लिने गरेका हुन्।

स्वास्थ्य मन्त्रालयले २०७८ चैत २२ मा प्रविधिका आधारमा रगतको जाँच गरेको शुल्क ८ सय १० देखि १ हजार ६ सय ४० रुपैयाँ लिन पाउने व्यवस्था गरेको थियो । यो मूल्य रक्तदाताबाट प्राप्त भएको रगत बिरामीलाई चढाउनु अघि रक्ततत्त्व छुट्याउने बेला गरिने तीन थरी जाँचको शुल्क हो ।

एक जना दाताले दिएको रगतबाट प्याक सेल, पीआरपी, एफएफपी र प्लेटलेट्स गरी चार वटासम्म रक्ततत्त्व तयार पार्न सकिन्छ । रेडक्रस सोसाइटी र निजी अस्पतालले प्रत्येक रक्ततत्त्वका लागि विभिन्न परीक्षणका नाममा १ हजार ६ सय रुपैयाँ सम्म शुल्क लिने गरेको पाईएको छ ।

२०७८र७९ मा देशभर बाट २ लाख ७३ हजार १ सय ७० युनिट रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटीका अनुसार जानकारी गराएको थियो । त्यसबाट रक्ततत्त्व छुट्याएर ३ लाख ५२ हजार ९ सय १९ युनिट वितरण गरिएको तथ्यांक राखेको छ । जस अनुसार रेडक्रसले रक्ततत्त्व छुट्याइ सकेको ७९ हजार ७ सय ४९ युनिट वितरण गरेको हो ।

त्येसैगरी रेडक्रस सोसाइटीले एक वर्षमा १० करोड ३६ लाख ७३ हजार ७ सय रुपैयाँ अतिरिक्त शुल्क समेत उठाएको छ । ब्लड बैंक सञ्चालनको अनुमति प्राप्त गरेका निजी अस्पतालले पनि छुट्याइ सकेको रक्ततत्त्वका लागि पनि बिरामीबाट १ हजार २ सयदेखि १ हजार ६ सय सम्म शुल्क लिने गरेका छन् ।

यता निजी अस्पतालका प्रतिनिधीहरुले भने दाताबाट निःशुल्क प्राप्त भएको रगतको शुल्क सरकारले तोके अनुसार कै मुल्य लिइरहेको बताउने गरेका छन्  ।
बिरामीहरुले भने रगतको शुल्क अस्पतालले जति तोके पनि तिर्न बाध्य हुनु परेको दुखेसो पोख्ने गरेका छन् । ‘

रगत नदिई नहुने बिरामीका लागी आवश्यकता परेको वेलामा नपाइएला भन्ने तनाव हुने भएकोले अस्पतालको बेडमा छटपटिइरहेका बिरामी आफन्तलाई बचाँउनका लागी जति शुल्क भने पनि तिर्नैपर्ने अबस्था छ । त्यस्तै मिर्गौलाका बिरामीलाई झन् रगत अभाव भए सास फेर्न नै गाह्रो हुने गदर्छ ।

दाताबाट प्राप्त रगतको जाँच अन्तर्गत रक्त समूह ट्युब विधि वा जेल कार्ड विधिबाट छुट्याए ५० र २ सय ५० रुपैयाँ, क्रस म्याचिङको २ सय र २ सय ८० रुपैयाँ, एचआईभी, हेपाटाइटिस बी, सी आरडीटी र क्लिया विधिबाट जाँच गरेको शुल्क ३ सय ५० र ७ सय रुपैयाँ, हेमोग्लोबिन जाँच र रिफ्रेसमेन्ट भनी रु,६० र एक सय रुपैयाँ, ब्लड ब्यागको १ सय ५० रुपैयाँ, ट्रान्सफ्युजन सेट (रगत सार्न प्रयोग हुने पाइप) को एक सय रुपैयाँ लिन पाउने स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको छ ।

सरकारले गत वर्ष उक्त शुल्क तोक्नु भन्दा अघि सबै गरी ४ सय ९५ रुपैयाँ लिन पाउने व्यवस्था थियो । प्रायः दुर्घटना, शल्यक्रिया, प्रसूति, क्यान्सर, रक्तश्राप, कलेजो बिग्रेका, थेलेसिमिया, ल्युकेमिया, हेमोफिलियाका बिरामीलाई रगत र रक्ततत्त्वको धेरै आवश्यक पर्ने गर्दछ  ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस