
नारी बाटिका

अबउपान्त अस्पतालबाट निस्कने फोहर े बञ्चरेडाँडामा फाल्न नपाईने
काठमाण्डौ ,१६ फागुन ।
अबउपान्त अस्पतालबाट निस्कने फोहर बञ्चरेडाँडामा फाल्न नपाईने भएको छ । काठमाण्डौ महानगरपालिकाले अस्पतालबाट निस्कने हानिकारक फोहरहरु बञ्चरेडाँडामा पुर्याउनेलाई रु,५० हजार रुपैयाँ जरिबाना गरिने निर्णय गरेको छ।
कामनपा ५ स्थित सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका क्रममा प्रयोग गरिएका सिरिञ्ज,सिसाका टुक्राहरु लगायत त्यस्ता नगल्ने,नसड्ने र खाल्डोमा पुर्नुपर्ने अस्पतालजन्य फोहर बञ्चरेडाँडामा फाल्ने गरिएको जानकारीमा आएपछी काठमाण्डौ महानगरपालिकाले रु, ५० हजार रुपैयाँ जरिबाना गरिएको कामपा वातावरण विभागका प्रमुखले जानकारी दिनु भएको छ ।
कामपा वातावरण विभागका कर्मचारीका, अनुसार कानुनले वर्जित गरेका फोहर साइटमा लैजाने जो सुकैलाई पनि कारबाही गर्छौँ । यस ठाउँमा सबै किसिमका अस्पतालजन्य फोहरको व्यवस्थापनका लागि बन्देज गरिएको थियो । तर पछिल्लो समयमा केही अस्पतालहरुले यस्ता फोहरहरूफाल्ने गरिएकोले जरिवाना तथा कारवाही गर्ने निर्णय गरिएको हो ।
यस्तै अन्य सामान्य फोहर भन्दा अस्पतालजन्य पोहरहरु हानिकारक हुने भएकाले रोक लगाइएको विभागको भनाइ रहेको छ । विगत सात महिनादेखि कामपा सहित काठमाण्डौ उपत्यकाको १८ पालिकाको फोहर बञ्चरेडाँडामा बनाईको साइटमा व्यवस्थापन भइरहेको थियो ।
बञ्चरेडाँडामा बनाईको साइटमा सामान्य फोहर मात्र व्यवस्थापन गर्न मिल्छ । अस्पतालजन्य फोहर हानिकारक मानिने हुँदा उत्पादक आफैँले निर्मलीकरण गरेर सामान्य फोहरमा बदल्नु पर्छ । त्यसपछि प्राविधिक प्रक्रियाबाट लैजान सकिने व्यवस्था गरिएको छ ।
अस्पतालबाट निस्कने फोहर मात्र होइन कामपाले अन्य सबै किसिमको फोहरलाई पनि आयस्रोतमा वदल्न सक्ने गरी वर्गीकरण गरी लैजाने तयारी गरिरहेको छ । गत साउन महिनादेखि कामपाले यस्ता व्यवस्था सुरु गरेको भएता पनि प्रभावकारी रुपमा कार्यान्वयन भने हुन सकेको छैन ।
भगवती उप्रेती
नारी वाटिका संवाददाता







प्रतिक्रिया दिनुहोस