आज:  | Sat, 27, Jul, 2024

केही दिनमै समाजवादी मोर्चा बन्ने प्रधानमन्त्री दाहालको दावी

२८ फाल्गुन २०७९, आईतवार ०७:३१ मा प्रकाशित ( १ साल अघि) ३९६ पाठक संख्या
नारी बाटिका



केही दिनमै समाजवादी मोर्चा बन्ने प्रधानमन्त्री दाहालको दावी

काठमाण्डो, २७ फागुन शनिवार

नेकपा माओवादी केन्द्र का अध्यक्ष समेत रशेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले केही दिनमै समाजवादी मोर्चा बन्ने े दावी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले केही दिन भित्रैमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिष्ट एकताको पहल समेत गरिने बताउनु भएको हो ।

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिष्टको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने उल्लेख गरिने दावी गर्नु भएको छ ।

युद्धकालिन समयको जन आन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुङ्गोमा पुगिसकेको पनि छैन”, उहाँले भन्नुभयो, “शान्ति प्रक्रिया र सङ्क्रमण कालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा आएको छ । यसका निम्ति समाजवादी शक्तिको सहकार्य हुन जरूरी रहेको छ ।

दाहालको भनाई रहेको छ ,“माओवादी धारका कम्युनिष्ट घटकबीच छलफल भइरहेको छ । शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय सत्य निरूपण तथा मेलमिलाप आयोगका माध्यमद्वारा टुङ्गो लगाउनु पर्ने भन्नेमा हाम्रो साझा मत भैइसकेको छ । वहसको लागी हामी भोलि संयुक्त अपिल गर्दैछौँ, पत्रकार सम्मलेन गर्ने तयारी गर्दैछैं । त्यसपछि केही दिनमा समाजवादी मोर्चा बनाउनको लागी एउटा निचोड पक्कै आउने नै छ ।”

विश्वमा एकपटक कम्युनिष्ट आन्दोलन पराजित भएपछि उठेर आएका विरलै दृष्टान्त रहेको भन्दै, प्रधानमन्त्री दाहालले भन्नुभयो, “पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बङ्गाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन भएको देखिन्न्छ । नेपालमै हेर्ने हो भनेपनि हामी चुनौती र सम्भावनाको दोसाँधमा रहेका छौँ । बृहत्तर वामपन्थी एकता मार्फत चुनौतीलाई पार गरेर समाजवादको ढोका खोल्नु हाम्रो आवश्यकता हो ।”

समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिष्ट पार्टीलबीचको एकताका निम्ति नयाँ आधार सिर्जना गर्न सकिन्छ ः त्यसको पहल पनि माओवादीले नै लिनुपर्ने हाम्रो ठम्याई छ । “ एमालेभित्र पनि ठूलो पङ्क्ति वामपन्थीको एकताका पक्षमा छन् । हिजोको नेकपा फेरि पुनःस्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ । त्यो मत क्रान्तिको हितमा छ, कम्युनिष्ट आन्दोलनको हितमा छ । त्यसैले हामीले नै एकताको अगुवाई लिनु पर्छ ।””

प्रधानमन्त्री दाहालले त्यस्तोे प्रवृत्तिलाई पराजित गर्दै हामीले फेरि एकताका निम्ति बहस गर्ने बेला आएको बताउनु भयो । माओवादी धार र सच्चा वामपन्थीको एकताका निम्ति आफूहरुले नेतृत्व लिनुपर्ने उहाँको भनाइ छ । दाहालले नेता कार्यकर्ता जनतामा गएर, उनीहरूको सुझाव लिएर आएपछि नयाँ ढङ्गले समीक्षा गर्ने र त्यसका आधारमा माओवादी केन्द्र अगाडि बढ्ने बताउनु भएको छ ।

मधेस प्रदेशका केन्द्रीय सदस्य र शीर्ष नेताको सहभागिता रहेको उक्त बैठकमा प्रधानमन्त्री दाहालको यस्तो भनाई आएको हो ।

नारी वाटिका संवाददाता ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस