
नारी बाटिका
राष्ट्रपति निर्वाचित भएपछी रामचन्द्र पौडेलबाट पार्टीको सदस्यता परित्याग
काठमाण्डौ,२९ फागुन सोमवार
राष्ट्रपतिमा निर्वाचित भएपछि चामचन्द्र पौडेलबाट पार्टीको सदस्यता नरहने गरी सदस्यता परित्याग गर्नु भएको छ । नेपाली काँय्रेसका साधकी र स्पष्ट वत्ताको रुपमा परिचित पार्टीको वरिष्ठ नेता रहनु भएका उहाँ फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित हुनु भएपछी नेपाली काँग्रेसको वरिष्ट सदस्यबाट परित्याग गर्नु भएको हो ।
नेपालको संविधानले ब्यवस्था गरिए अनुसार जुनसुकै दलको सिफारिसमा भएपनि मुलुकको राष्ट्रपतिमा निर्वाचित भैइसकेपछी स्वच्छ र स्वतन्त्र,निष्पक्ष रुपमा दलगत राजनिति भन्दा वाहिर रही काम गर्नु पर्ने भएकोले पौडेलले नेपाली कांग्रेस सँगको सम्लग्नता त्याग गर्नु भएको हो ।
नेता पौडेलले आईतवार कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकाले पार्टीको सदस्यबाट अलग भएको जानकारी गराउनु भएको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताउनु भएको छ ।
नेपालको संविधानमा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भए निजको त्यस्तो पद स्वतः रिक्त हुने उल्लेख गरिएको छ ।
नवनिर्वाचित राष्ट्रपति पौडेलले आज सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि आज सोमबार दिउँसो १ बजे विशेष समारोह गर्ने तयारी गरेको छ ।








प्रतिक्रिया दिनुहोस