आज:  | Sat, 20, Apr, 2024

धादिङको गंगाजमुना गाउँपालिकाबाट नक्कली नोट सहित एक जना युवक पक्राउ

१५ चैत्र २०७९, बुधबार २०:०८ मा प्रकाशित ( १ साल अघि) ४३३ पाठक संख्या
नारी बाटिका


धादिङ, १५ चैत वुधवार ।

नक्कली नोट सहित विभिन्न प्रलोभनमा पारी ठगी गरेको आरोपमा धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ६ बसेरीबाट एकजना युवक पक्राउ परेका छन् । एकहजार रुपैयाँको ४ नक्कली नोट सहित २५ वर्षिय स्थानीय युवक विकास नेपाली पक्राउ परेको प्रहरी चौकी फुलखर्च बसेरीले जानकारी दिएको हो ।

पक्राउ परेका नेपालीले गाउँको फरक फरक पसलमा नक्कली नोटबाट सामान खरीद गरेको भेटिएपछि आरोपी नेपालीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्ने नेपालीले उक्त नक्कली नोट काठमाडौंबाट ल्याएको बताएका छन् ।

आरोपी नेपाली झुकानमा परी, अरु कसैले फसाएर नक्कली नोट दिएको वा नीज आफैले नै जानी बुझी नक्कली नोट कारोबार गर्ने गिरोहसंग संलग्नता रहेको हो भन्ने विषयमा अनुसन्धान भैइरहेका धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनु भयो ।

२ दिन अघि मात्रै स्थानीय गोकुल न्यौपानेको घरबाट रातीको समयमा खसी चोरी भएको जानकारी आएपछि खोजी गर्ने क्रममा नक्कली नोट सहित नेपाली पक्राउ परेका हुन् ।

खसी चोरी गर्नको लागी गाउँकै एक नाबालकलाई प्रयोग गरेका थिए भने चोरी गरेको उक्त खसी काटेर खाइसकेको आरोपी बालकको भनाई रहेको प्रहरीले जनाएको छ । यस घटनामा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।

नारी वाटिका संवाददाता

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस