आज: २०८२ भाद्र २४, मंगलबार | Tue, 09, Sep, 2025

ब्याडमिन्टन संघको अध्यक्षमा विष्णु लाल श्रेष्ठ निर्वाचित

२०७९ चैत्र १८, शनिबार मा प्रकाशित ( २ साल अघि) ७६९७ पटक पढिएको
नारी बाटिका


ब्याडमिन्टन संघको अध्यक्षमा विष्णु लाल श्रेष्ठ निर्वाचित

धादिङ , १८ चैत

धादिङ जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा विष्णु लाल श्रेष्ठ निर्वाचित हुनु भएको छ । शनिवार श्रेष्ठको अध्यक्षमा धादिङ बेसीमा सम्पन्न भएको बार्षिक साधारण सभा तथा अधिवेशनबाट श्रेष्ट पुनः अध्यक्षमा चयन हुनु भएको हो । अधिवेशनले विष्णु लाल श्रेष्ठको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।

नवगठीत समितिको उपाध्यक्षमा राजेन्द्र अधिकारी र रामचन्द्र गिरी, सचिवमा भीषण श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मी कुमार श्रेष्ठ सर्व सम्मत चयन हुनु भएको हो ।
यस्तै सदस्यहरुमा राम सिं तामाङ, राजकुमार श्रेष्ठ, नवराज सिलवाल, रामकुमार श्रेष्ठ, रमेश ढकाल,अन्जान श्रेष्ठ,लगायत महिला सदस्यहरुमा २ जना चयन हुनु भएको छ।

नेपाल ब्याडमिन्टन संघ काठमाण्डौका सचिव नविन विक्रम शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा बागमती प्रदेश व्याडमिन्टन संघका सदस्य बुद्धी बहादुर थापाको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ लगायत सरोकारवाला निकायहरुको आतिथ्यता रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस