आज: २०८३ जेष्ठ १७, आईतबार | Sun, 31, May, 2026

थप उपचारका लागि आज राष्ट्रपति पौडेललाई भारत तर्फ लगिँदै

२०८० बैशाख ६, बुधबार मा प्रकाशित ( ३ साल अघि) ६४११ पटक पढिएको
नारी बाटिका


काठमाडौं वैशाख ६ वुधवार ।

थप उपचारका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आज भारत तर्फ लगिने भएको छ। छातीमा संक्रमण भएपछि केही दिन अघिदेखी बिरामी परेका राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्स मार्फत् अहिले केही बेरमा भारत लैजान लागिएको उहाँका निजी सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार राष्ट्रपति पौडेललाई नयाँ दिल्ली स्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा लगिने भएको छ । पौडेलका साथमा चिकित्सक सहित श्रीमती, छोरा लगायतको टोली जाने अधिकारीले बताउनु भयो। राष्ट्रपति पौडेलको स्वास्थ्यमा एक सातादेखि समस्या देखिएको थियो।

गत साता उहाँ त्रिवि शिक्षण अस्पतालमा तीन दिन भर्ना भएर उपचार गराई रहनु भएको थियो । सोमबार ‘फलोअप’का लागि अस्पताल जानु भएका पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमण भएको पाइएको थियो ।

मंगलबार फेरि असहज भएपछि राष्ट्रपती पौडेललाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उहाँ अहिले अस्पतालमै हुनुहुन्छ । उहाँको स्वास्थ्य सामान्य रहेको निजी सचिव अधिकारीले बताउनु भएको छ ।अस्पतालका चिकित्सककै सल्लाहमा राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत तर्फ लैजान लागिएको राष्ट्रपतीको सचिवालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस