
नारी बाटिका
काठमाडौं ०९ वैशाख शनिवार ।
विगत लामो समयदेखी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सघाउँदै आएका नेता मुकुन्द न्यौपाने ले एकीकृत समाजवादी छाडेका छन् । नेता मुकुन्द न्यौपाने ले एकीकृत समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
शनिबार च्यासलमा आयोजित कार्यक्रम मार्फत नेता न्यौपाने सहितका ३० जनाको टोली एमालेमा प्रवेश गरेको हो।आज वैशाख ९ गते शनिवार उनले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए।
न्यौपाने सहितका नेता तथा कार्यकर्ताहरूलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए । नेकपा एमालेमा प्रवेश गर्दै उनले नेकपा एकीकृत समाजवादी पार्टी नै नभएको टिप्पणी समेत गरेका छन् ।
न्यौपानेले एकीकृत समाजवादी पार्टीले नेपालमा गरी नखाने उल्लेख गर्दै समाजवादी पार्टीले समाजवाद ल्याउन नसक्ने भन्दै नेता माधव कुमार नेपाल प्रति कटाक्ष समेत गरेका छन् ।
उनले एकीकृत समाजवादी पार्टी छोड्ने अभियान जारी रहने बताउँदै एक देश एक कम्युनिष्ट पार्टी हुनुपर्ने बताएका छन् । उनले एमालेको झण्डा मुनी आउन एकीकृत समाजवादीमा रहेका सबै नेता तथा कार्यकर्ता हरूलाई आह्वान समेत गरेका छन्।








प्रतिक्रिया दिनुहोस