आज:  | Fri, 26, Apr, 2024

विपद व्यवस्थापनको पुर्व तयारी तथा प्रतिकार्य योजनाको लागी कृत्रिम अभ्यास

२२ बैशाख २०८०, शुक्रबार २०:२७ मा प्रकाशित ( ११ महिना अघि) ३२९ पाठक संख्या
नारी बाटिका


धादिङ,२२ बैशाख ।

विपद व्यवस्थापनको पुर्व तयारी तथा प्रतिकार्य योजनाको निमार्णका लागी धादिङको अल्छीडाँडामा कृतिम अभ्यास गरिएको छ । नीलकण्ठ नगरपालिका वडा ४ स्थित अल्छिडाँडामा विपद पुर्व तयारी तथा प्रतिकार्य योजना अन्तर्रगत स्थलगत रुपमा अभ्यास गरिएको हो ।

शुक्रबार शिवदल गण गजुरी व्यारेक धादिङको आयोजना तथा जिल्ला प्रशासन कार्यालय, नीलकण्ठ नगरपालिका, जिल्ला प्रहरी कार्यालय,सशस्त्र प्रहरी बल आश्रित गुल्म र रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको समन्वय तथा सहयोगमा विपद पुर्व तयारी तथा प्रतिकार्यको लागि संयुक्त रुपमा कृतिम अभ्यास गरिएको हो ।

अल्छिडाँडा स्थित खेलमैदान संगै माथिको पहिरोमा बाढी पहिरोबाट बच्ने उपाय, पहिरोमा परेकाहरुको उद्धार कसरी गर्ने भन्ने लगाएतका बिषयमा नमूना अभ्यास गरिएको थियो । अभ्यास प्रदर्शनीको क्रममा नीलकण्ठ नगरपालिका ४ मा पहिरो जाँदा वेपत्ता भएका चार जनाको उद्धार गरी घाइतेलाई उपचारार्थ अस्पताल लगिएको दृश्र्य नाटकमा समेटिएको थियो।

पहिरोले घाईते भएकाहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले घट्ना स्थलबाट उद्धार गरी अस्पताल पठाएको तथा बेपत्ताको खोजी भइरहेको दृश्र्य देखाइएको थियो। साथै उक्त संयुक्त अभ्यासलाई मनसुन ३ अभ्यास नामाकरण गरिएको छ। अभ्यासका दृश्र्य नाटकमा वडा अध्यक्षहरु, रेडक्रसकर्मी, एनसिसि तालिम प्राप्त विद्यार्थीहरु, स्थानीय युवा, तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस