आज:  | Sat, 20, Apr, 2024

नव स्थापित निलकण्ठ प्रज्ञा प्रतिष्ठान द्धारा धादिङका श्रष्टा सम्मान कार्यक्रम

२५ बैशाख २०८०, सोमबार ०८:३३ मा प्रकाशित ( ११ महिना अघि) ३११ पाठक संख्या
नारी बाटिका


धादिङ २५ वैशाख ।

निलकण्ठ नगरपालिकाको सक्रियतामा पालिकाभित्र जन्मिएका कला,साहित्य र संस्कृतीको जगेर्ना गर्ने उदेस्यले स्थापना भएको नव स्थापित निलकण्ठ प्रज्ञा प्रतिष्ठान द्धारा धादिङमा जन्मिएका श्रष्टाहरुलाई आइतवार एक कार्यक्रमका बिच सम्मान गरेको छ । स्थानिय सरकारको दायरा र जिम्मेवारी अन्तर्रगत कै कार्यसुचिमा पर्ने नीलकण्ठ प्रज्ञा प्रतिष्ठान गत वर्ष स्थापना भएको हो ।

यस प्रज्ञा प्रतिष्ठानमा धादिङका शिक्षक पेशाबाट वहिगमन भईसकेका वौदिक तथा साहित्यक व्यक्तित्व बद्री दाहालको नेतृत्वमा शिक्षक पेशामा आवद्ध विभिन्न साहित्यकारहरुको सहभागितामा रहेको प्रतिष्ठान सक्रिय रहदै आएको छ । यसै प्रतिष्ठानद्धारा धादिङ जिल्लामा जन्मिएर लेखक,साहित्यकार,कानुनका ज्ञाता तथा नेपाल लोक तथा दोहोरी गित प्रतिष्ठानकी अध्यक्षमा नेतृत्व गर्न सफल रहेकोमा समेत प्रशंसा गरी चार जना वौदिक र साहत्यीक कलाकारलाई समेटेर श्रष्टाहरुलाई सम्मान गरेको हो ।

आईतबार प्रतिष्ठानले स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहको आयोजना गरि २०७८ सालको मदन पुरस्कार विजेता महाकाव्यकार डाक्टर नवराज लम्साल सँगै उहाँकी धर्मपत्नी संगिता लम्साल, निकै लामो समय न्यायलयकोा जिम्मेवारी सम्हाली सक्नु भएका ज्ञाईन्द्र बहादुर श्रेष्ठ, प्राध्यापक डाक्टर रामचन्द्र लम्साल र रिता थापा मगरलाई दोसल्ला ओडाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले साहित्यकार हाम्रो गहना र ईतिहास भएको हुनाले यसलाई सबैले संरक्षण गर्नु पर्ने बताउनु भएको छ । नगरपालिकाले पनि साहत्यीक क्षेत्रलाई विशेष प्राथमिकताका साथ लिएको बताउनु भयो ।

नीलकण्ठ प्रज्ञा प्रतिष्ठान भाषा, साहित्य, सङगीत, कला,संस्कृति, समाज शास्त्र, दर्शन शास्त्र, ज्ञान विज्ञान र प्रविधिको आवश्यक संरक्षण, संवद्र्धन र उन्नयन गर्ने उद्धेश्यले स्थापना गरेको नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङका अध्यक्ष वद्री प्रसाद दाहालको भनाई रहेको छ ।

सम्मान कार्यक्रमकै अवसरमा पारेर प्रतिष्ठानले कविता,निवन्ध,चित्रकला प्रतियोगिताका प्रथम,दृतिय,तृतिय र सान्तोना स्थान हाँशिल गरेका विद्यार्थीहरुलाई पुरस्कार सहित प्रमाण पत्र वितरण गरिएको थियो । कक्षा ६ र ७ स्तरीय चित्रकला प्रतियोगितामा बालमन्दिर विद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा जस्मिन तिरुवा प्रथम, न्यू धादिङ बोर्डिङ स्कुलको कक्षा ६ की सामाना वाईवा द्धितीय, एड्भान्स एकेडेमी कक्षा ७ का संगम लम्साल तृतीय र चिल्ड्रेनपार्क माध्यामिक विद्यालय कक्षा ६ का रकिन हमाल सान्त्वना भएका थिए ।

यस्तै कक्षा ८ देखि १० सम्मको कविता प्रतियोगितामा एडभान्स एकेडेमीको कक्षा ९ की छात्रा एलिना बानिया प्रथम, पुशपति मध्यामिक विद्यालयको कक्षा ९ की छात्रा कमला घिमिरे द्धितीय, शखांदेवी माध्यामिक विद्यालयको कक्षा १० की छात्रा समीक्षा गुरुङ तृतीय र चिल्ड्रेनपार्क माध्यामिक विद्यालय कक्षा ८ की उपासना लम्साल सान्त्वना भएका थिए । यसैगरी कक्षा ११ र १२ स्तरीय निबन्ध लेखन प्रतियोगितामा नीलकण्ठ माध्यामिक विद्यालयको कक्षा १२ का छात्रा शर्मिला श्रेष्ठ प्रथम, साङकोष माध्यामिक विद्यालयका छात्र सुनिल विक द्धितीय, पशुपति माध्यामिक विद्यालयका सन्दिप परियार तृतीय र बालमन्दिर माध्यामिक विद्यालयका शर्मिला गुभाजु सान्त्वना भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस