आज:  | Fri, 29, Mar, 2024

भिरबाट लडेर सात महिनाको गर्भवती आमा र २ वर्षिय बालक छोरा सहितको मृत्यु

१७ जेष्ठ २०८०, बुधबार ०८:३५ मा प्रकाशित ( १0 महिना अघि) ५९५ पाठक संख्या
नारी बाटिका


धादिङ १७ जेठ

धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिका २ जौलाखाई बस्ने आमा छोराको भिरबाट लडेर मृत्यु भएको छ । यही जेठ १५ गते अं.१७स्३० बजेको समयमा धादिङ बेनिघाट रोराङ गाउँपालिका २ जौलाखाई भन्ने स्थानमा बस्ने बर्ष १९ कि अप्सरा चेपाङले आफ्नै छोरा बर्ष २ को साजन चेपाङलाई समेत साथमै बोकी कात्तिके चुलि जङ्गलमा घाँस काट्न गएको अबस्थामा सोहि जंगलको भिरबाट लडी बालकको घटना स्थलमै मृत्यु भएको थियो ।

घाईते भएकी आमा अप्सरा चेपाङको गर्भमा सात महिनाको गर्भ रहेको र उनीलाई उपचारको लागि टिचिङ अस्पताल मलेखु पठाएकोमा ऐ.वेलुकी करिव ९ बजे गर्भवती रहेकी आमा अप्सरा चेपाङको पनि मृत्यु भएको हो ।

उक्त घटना भएको स्थानामा प्रा.चौ।की ताल्तिबाट प्रस।नि। को कमाण्डमा र ई।प्र।का।. गजुरीबाट प्र।नि।को कमाण्डमा खटिएको टोलीले मुचुल्का सहितको विवरण तयारी पारिएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस