आज:  | Sun, 12, May, 2024

अहिले साँझ साडे ६ बजे चट्याङ लागेर दाङमा दुई जनाको ज्यान गयो

९ असार २०८०, शनिबार १९:५५ मा प्रकाशित ( १0 महिना अघि) ३९५ पाठक संख्या
नारी बाटिका


असार ९ असार ।

चट्याङ लागेर दाङमा दुई जनाको ज्यान गएको छ । शनिबार साँझ अर्थात आज साढे ६ बजे परेको चट्याङ लागेर दंगीशरण गाउँपालिका( ६ बागरका ३२ बर्षीय समीर केसी र वडा नं। ३ चखौराका ३७ बर्षीय रामनारायण चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

केही बेर अगाडी चट्याङ लागेर घाइते भएका उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी एव्ं सुचना अधिकारी राजनकुमार गौतमले जानकारी दिनु भयो ।

प्रहरीको अनुसार समीर केसी घाँस काट्न गएको समयमा र रामनारायण चौधरी बारीमा तरकारी टिप्न गएको समयमा चट्याङ लागेको थियो । दुबैको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका राखिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस