
असार ९ असार ।
चट्याङ लागेर दाङमा दुई जनाको ज्यान गएको छ । शनिबार साँझ अर्थात आज साढे ६ बजे परेको चट्याङ लागेर दंगीशरण गाउँपालिका( ६ बागरका ३२ बर्षीय समीर केसी र वडा नं। ३ चखौराका ३७ बर्षीय रामनारायण चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
केही बेर अगाडी चट्याङ लागेर घाइते भएका उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी एव्ं सुचना अधिकारी राजनकुमार गौतमले जानकारी दिनु भयो ।
प्रहरीको अनुसार समीर केसी घाँस काट्न गएको समयमा र रामनारायण चौधरी बारीमा तरकारी टिप्न गएको समयमा चट्याङ लागेको थियो । दुबैको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका राखिएको छ ।












प्रतिक्रिया दिनुहोस