आज:  | Sat, 27, Apr, 2024

प्रतिबन्धित अनलाइन बेटिङ(वानएक्स (बेट प्रचार आरोपमा राजकुमार थापा पक्राउ

११ असार २०८०, सोमबार ०८:५६ मा प्रकाशित ( १0 महिना अघि) ५६७ पाठक संख्या
नारी बाटिका


काठमाडौं ११ असार ।

पछिल्लो समयमा युवा वर्गहरुमा मौलाउदै गएको तर नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरी प्रचार प्रसार गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले थप एकजना युट्युबरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, तेमाल–८ घर भएका हाल काठमाडौँको बूढानीलकण्ठ–११ बस्दै आएका २२ वर्षीय राजकुमार थापा भन्ने युट्युबर राजकुमार तमाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनु भएको छ ।

चेग्मीका अनुसार तमाङले बेटिङ एप ‘वानएक्स बेट’ मार्फत विभिन्न खेलहरु खेलाउनका लागि आफ्नो नक्कली नाउबाट युट्युब च्यानल खोली त्यहि च्यानल मार्फत वानएक्स बेटलाई प्रचारप्रसारको काम गरी प्रोमोकोड समेत उपलव्ध गराइ विज्ञापनमा सहयोग पुर्याउदै आएका थिए ।

थापाले युटुव च्यानल मार्फत नै सर्व साधारणलाई सट्टाबाजी गर्न्गराउनका लागि उत्प्रेरित गर्ने कार्यमा संलग्न रहेको आरोपमा काठमाडौँ कपनबाट पक्राउ गरिएको हो।

पक्राउ परेका तामाङलाई सट्टाबाजी गर्न वा गराउन नहुने कसुरमा थप अनुसन्धानका लागि हिजो आइतबार जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

यसअघि प्रहरीले ‘वानएक्स बेट’ मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा चर्चित कलाकारहरु मरिचमान श्रेष्ठ, ‘बल्छी ध्रुवे’, राजु मास्टर लगायतका ठुलै संख्यामा एकै पटक आठजनालाई पक्राउ गरिसकेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस