आज:  | Sun, 12, May, 2024

असार १४ गते सरकारले सार्वजनिक बिदा दिने

१२ असार २०८०, मंगलवार १९:१६ मा प्रकाशित ( १0 महिना अघि) ३३६ पाठक संख्या
नारी बाटिका


काठमाडौं १२ असार ।

असार १४ गते नेपाल सरकारले सार्वजनिक बिदा दिने भएको छ । इस्लामी धर्मावलम्बिहरुले मान्दै आएका पर्व असार १४ गते पर्ने इदका अवसरमा सरहकारले सार्वजनिक बिदा दिने भएको हो ।

गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै असार १४ गते इस्लामी धर्मावलम्बिहरुले मान्दै आएका पर्व बकर इद ईद उल अजहा पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता केदार नाथ शर्माद्धारा जारी उक्त सूचना अनुसार नेपाल राजपत्रमा प्रकाशित गत चैत २ को सूचनादअनुसार इस्लामी धर्मावलम्बिको पर्व बकर इद ईद उल अजहा भएकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस