
काठमाडौं १२ असार ।
असार १४ गते नेपाल सरकारले सार्वजनिक बिदा दिने भएको छ । इस्लामी धर्मावलम्बिहरुले मान्दै आएका पर्व असार १४ गते पर्ने इदका अवसरमा सरहकारले सार्वजनिक बिदा दिने भएको हो ।
गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै असार १४ गते इस्लामी धर्मावलम्बिहरुले मान्दै आएका पर्व बकर इद ईद उल अजहा पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता केदार नाथ शर्माद्धारा जारी उक्त सूचना अनुसार नेपाल राजपत्रमा प्रकाशित गत चैत २ को सूचनादअनुसार इस्लामी धर्मावलम्बिको पर्व बकर इद ईद उल अजहा भएकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस