
नारी बाटिका
काठमाडौं १४ असार ।
पशुपतिनाथ ज्योतिर्लिङ्गमा सुनको जलहरी पुनः राखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परिमाण र सुनको गुणस्तर परीक्षण गरेपछि पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा सुनको जलहरी पुनः राखिएको हो ।
असार १३ गते नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको रोहबरमा बुधबार साँझ सुनको जलहरी पशुपतिनाथ मन्दिरको गर्भगृहमै राखिएको हो।
पशुपतिनाथ ब्यवस्थापन कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार आयोगले नापतौल गर्न रुद्रगारेश्वरमा लगिएको जलहरी पुनःस्थापना गरिएको जनाउनु भएको छ । असार ११ गते सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरबाट उत्तर तर्फ रहेको रुद्रगारेश्वरमा लगिएको थियो ।
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि केपी शर्मा वलीको सरकारका पालामा बनेको पशुपतिनाथ ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको परिमाण र गुणस्तर बारे अनियमितता भएको भन्ने सवालमा सर्वसाधारण देखि संसद सम्म चर्को रुपमा कुरा उठेपछि आयोगले परीक्षण गरेको हो।








प्रतिक्रिया दिनुहोस