आज: २०८२ चैत्र १५, आईतबार | Sun, 29, Mar, 2026

विद्युत प्राधिकरण मातहतमा रहेर बुढीगण्डकी आयोजना निर्माण हुनेमा शंका

२०८० श्रावण १, सोमबार मा प्रकाशित ( २ साल अघि) ५३८६ पटक पढिएको
नारी बाटिका


तस्वीर ;  अनलाइन साभार

धादिङ,१ साउन

बूढीगण्डकी जलविद्युत आयोजनाका २ सरोकारवाला समितिले विद्युत प्राधिकरण मातहतमा रहेर बुढीगण्डकी आयोजना निर्माण हुनेमा शंका व्यक्त गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणले साना आयोजना पनि समयमा बनाउन नसकेको भन्दै उनीहरुले बुढीगण्डकी जलविद्युत आयोजना बनाउन छुट्टै अधिकार सम्पन्न र शक्तिशाली प्राधिकरण बनाउन माग गरेका हुन् ।

बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिका अध्यक्ष हरेराम ढकाल तथा बूढीगण्डकी जलासय युक्त आयोजना सरोकार समितीका अध्यक्ष दिनेश कुमार ढकालले आज निकालेको संयुक्त विज्ञप्तिमा यस्तो प्राधिकरणले विद्युत उत्पादन, पर्यटन विकास, व्यवस्थित शहरीकरण लगायतका काम गर्न सक्ने जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस