आज:  | Mon, 29, Apr, 2024

नागरिकको दबाबमा थाक्रे पालिका प्रमुख प्रशासकीय शाखामा लागेको ताला खुल्यो

९ श्रावण २०८०, मंगलवार ०८:०८ मा प्रकाशित ( ९ महिना अघि) ४२५ पाठक संख्या
नारी बाटिका


धादिङ,९ साउन ।

विगत केही दिन अगाडी पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर एकलौटी हिसावले काम गरेको भन्दै थाक्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको शाखामा लागेको ताला नागरिक अगुवाईहरुको छलफल पछी ताला खोल्ने सहमती भएको छ । शोमवार गाउँपालिकाको अध्यक्ष रामकुमार आर्चायको अध्यक्षतामा बसेको बैठकले उल्लेखित सवालमा आवश्यक छलफल भएपछी ताला खोल्ने सहमती गरेको हो ।

थाक्रे गाउँपालिकामा काम गर्ने क्रममा अध्यक्ष र कर्मचारी प्रमुखले गरेका कार्यशैलीका विषयमा उठेको जनगुनासोमा संम्वोधन गर्दै उक्त जनगुनासो प्रति यर्थाथ,सत्य,के हो छानबीन गरी दोषिलाई कारबाही गर्ने प्रतिबद्धता गर्दै उपाध्यक्षको नेतृत्वमा लगाईएको ताला खोल्न सहमती भएको हो ।

शोमवार गाउँपालिकाका नागरिक अगुवाहरुले गाउँपालिका अध्यक्ष रामकुमार आचार्य र उपाध्यक्ष यन्त्र बहादुर थापालाई ध्यानाकर्षण पत्र बुझाएका थिए । विभिन्न बुँदाहरुमा स्पष्ट सुचना माग गर्दै समस्या समाधान गरी जनताको काम नरोक्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाईएको सामाजिक अभियन्ता गोकर्ण रुपाखेतीले जानकारी दिनु भयो ।

नागरिक अगुवाहरुको ध्यानाकर्षण पत्र बुझे लगत्तै पालिका टिमको बैठक बसेको थियो । बैठकमा अहिले सम्म उठेका सवालहरुको विषयमा छलफल गर्दै अहिले सम्म भएको विवादलाई छानविन गरी जनताको सामु सत्ते तथ्य वाहिर ल्याई नागरिकका पक्षमा काम गर्ने प्रतिबद्धता गर्दै ताला खोल्ने सहमती भएको हो ।

यसैगरी यसअघि पनि विभिन्न विवादमा उक्त गाउँपालिकामा पटक पटक ताला लाग्दै आएको छ । नागरिक अगुवाहरुले पालिकामा अन्तर संघर्षका कारण पटक पटक तादाबन्दी भई नागरिकले स्वच्छ रुपमा प्राप्त गर्न पाउनु पर्ने सेवा अबरुद्ध भएको, पालिकाको सेवा प्रवाह र अनियमितताका सवालमा आमरुपमा उठदै आएका जनगुनासोको साम्बोधन तथा सुशासन कायम गर्न जनता सामु छर्लङ्ग गनुपर्ने,पालिकाले सम्पादन गरिरहेका आर्थिक कार्यक्रम, नीतिगत निर्णय,बेरुजुका परिणम,निर्णय प्रकृया,योजना कार्यान्वयनमा रहेका अपारदर्शिताका सवालमा नागरिकले जानकारी पाउनु पर्ने विषय समेत उठेको छ ।

उपभोक्ता समिति मार्फत गरिने कामको अनिमितता कार्यशैली र पक्षपात पूर्ण व्यवहारका विषयमा गम्भीर प्रश्न उठिरहेको कुरालाई ध्यानाकर्षण पत्रमा उल्लेख गर्दै अध्यक्ष र उपाध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको हो । सामाजिक तथा राजनितिक अभियान्ताहरु नेत्रराज पौडेल,गोकर्ण रुपाखेती, कृष्ण पन्त, पृर्व वडा अध्यक्ष रवि प्रकाश ओझा लगायत अन्य नागरिकहरुको हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस