आज:  | Mon, 29, Apr, 2024

धादिङमा तिब्र गतिमा डेंगु संक्रमण दर बढ्दो, आज एकै दिन ५० जनामा संक्रमण

१० श्रावण २०८०, बुधबार १९:०८ मा प्रकाशित ( ९ महिना अघि) ७८६ पाठक संख्या
नारी बाटिका


धादिङ, १० साउन ।

तिब्र गतिमा बड्दै धादिङमा डेंगु संक्रमण आज एकैदिन ५० जनामा डेंगु पुष्टि भएको छ । नीलकण्ठ नगरपालिकाका ४७ जना, सिद्धलेक, त्रिपुरासुन्दरी र खनियाबास गाउँपालिकाका १ । १ जना गरी ५० जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

धादिङ स्वास्थ्य कार्यालयको जानकारी अनुसार पछिल्लो १० दिनको अवधिमा जिल्लाका २८५ जना डेंगु संक्रमित भइसकेका छन् । जस्मा १५३ जना पुरुष र १३२ जना महिला रहेका छन् । कुल संक्रमित २८५ जना मध्ये २६८ जना नीलकण्ठ नगरपालिकाका मात्रै रहेका छन् ।

यस्तै ज्वालामुखी गाउँपालिकामा ५ जना, सिद्धलेक गाउँपालिकामा ३ जना, गल्छी, खनियाबास र त्रिपुरासुन्दरी गाउँपालिकामा २÷२ जना, बेनीघाट रोराङ, गंगाजमुना र रुवी भ्याली गाउँपालिकामा १।१ जना संक्रमित भएका छन् ।

जिललाको धुनीबेशी नगरपालिका, थाक्रे गाउँपालिका, गजुरी गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकामा भने डेँगु संक्रमितको संख्या शून्य रहेको छ।

डेंगु संक्रमणको जोखिम बढ्दै गएपछि नीलकण्ठ नगरपालिका, स्वास्थ्य कार्यालय धादिङका लगायतका सरोकारवाला निकायले लामखुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न अनुरोध गरेको छ ।

यस्तै घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि सरसफाईमा ध्यान दिनुको साथै गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन सर्वसाधारणमा जानकारी समेत गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस