आज:  | Wed, 30, Apr, 2025

विधेयक, २०८० माथि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न शोमवार संघीय संसदका दुवै सदनको बैठक बस्ने

१८ भाद्र २०८०, सोमबार ०८:५४ मा प्रकाशित ( १ साल अघि) २१७३ पटक पढिएको
नारी बाटिका


काठमाडौं, १८ भदौ ।

नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न शोमवार संघीय संसदका दुवै सदनको बैठक बस्ने भएको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरु गरिने र सोधिएका प्रश्नको उत्तर दिइने कार्यसूची रहेको छ।

बैठकमा सभामुख देवराज घिमिरेले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने पनि कार्यसूची रहेको छ। यसअघि भदौ १२ गते बसेको बैठकमा संसदमा गणपुरक संख्या नपुगेकाले निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन ।

साथै राष्ट्रिय सभाको बैठक पनि आजै दिउँसो १ बजेर १ मिनेटमा बोलाइएको जनाएको छ। शोमवारको बैठकमा विधायन व्यवस्थापन समितिका सभापतिले संविधान अनसुार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन २०८० माधि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्ततु गर्ने कार्यसूची रहेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस