आज:  | Thu, 18, Jul, 2024

माछा मार्ने क्रममा धादिङमा खोलाले बगाएर १ जना बेपत्ता

२२ भाद्र २०८०, शुक्रबार २०:०८ मा प्रकाशित ( १0 महिना अघि) ६२९ पाठक संख्या
नारी बाटिका


धादिङ, २२ भदौ ।

धादिङमा माछा मार्ने क्रममा खोलाले बगाउँदा १ जना बेपत्ता भएका छन् । सुक्रबार.धादिङ जिल्ला त्रीपुरासुन्दरी गा.पा.६ मगरडाँडा स्थित आखु खोलामा ऐ.१ खोल्सी छाप गाउँ बस्ने बर्ष ४२ को बाबुराम कुमाल र निजका भाई बर्ष ३२ को अम्मर कुमाल बेपत्ता भएका हुन् ।

दुबै जना दाजुभाई खोलाको बिचमा जाल हानी माच्छा मार्ने क्रममा बर्ष ४२ को बाबुराम कुमाल लाई खोलाले बगाई बेपत्ता भएको हो । माछा मार्ने क्रममा मानिसलाई खोलाले बगाएको भन्ने खबर ऐ ४ः ३० बजे प्राप्त हुना साथ प्रहरी खटिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिनु भयो ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यलय सल्यानटारबाट प्र.ना.नि.को कमाण्डमा ७ जना प्रहरी टोली र स्थानियबासीहरु समेतका १५।२० जनाको संख्यामा गई खोज कार्य भईरहेको, र निजको भाई अम्मर कुमाललाई भने केहि नभएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस