आज:  | Wed, 01, May, 2024

मौसम परिवर्तन संगै काठमाडौंमा भाइरलका बिरामी बढे

९ आश्विन २०८०, मंगलवार ०८:१५ मा प्रकाशित ( ७ महिना अघि) ५४३ पाठक संख्या
नारी बाटिका


काठमाडौं,०९ असोज ।

यतिवेला मौसम परिवर्तन हुने समय हो । नेपालको हावापानी अनुसार गर्मीयाम सकिएर जाडो सुरु हुन लागेको अबस्था छ । यससंगै केही दिनयता कडा ज्वरो आउने, टाउको र जोर्नी दुख्ने समस्या लिएर अस्पतालमा बिरामीको बढेका छन्। यस समस्या लिएर अस्पताल जानेहरुमा केहीमा डेंगु संक्रमण पुष्टि भए पनि केहीमा भाइरल ज्वरो भएको पाइएको छ ।

तेसो त धादिङ जिल्ला डेंगु सक्रमण उच्च भएका जिल्ला मध्यकै दोस्रो स्थानमा थियो । केही यता डेंगुका बिरामीहरु कम हुदै गएको छ भने भाइरल ज्वरोका बिमारीहरु आउन थालेका अस्पताल स्रोतले जनाएको छ । तर राजधानी काठमाडौंमा भने भाइरल ज्वरोका बिरामीहरु संख्या बड्दै गएको स्वास्थ संस्थाले जनाएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो एक हप्ता यता काठमाडौंमा डेंगुका बिरामी समेत अस्पतालमा बढेको अस्पताले जनाएको छ।

टेकु अस्पतालका अनुसार अस्पतालको आकस्मिक कक्षमा दैनिक पाँचदेखि सातजनासम्म डेंगुका बिरामी उपचारका लागि आउने गरेका छन्। ओपीडीमा सेवा लिन पुग्ने बिरामी पनि बढेका जनाईएको छ ।अस्पतालका अनुसार दैनिक २०० सम्म बिरामी ओपिडीमा डेंगु जस्तै लक्षण लिएर आउने गरेका छन्।

केहीदिनदेखी भाइरलका बिरामीका साथै दैनिक डेंगुका बिरामी पुष्टि हुने संख्या बढ्दै गएको छ। ‘एक हप्ता यता जोर्नी दुख्ने, कडा ज्वरो आउने र टाउको दुख्ने लक्षण लिएर ओपीडीमा आउने बिरामी बढ्दै गएका छन्। यसरी उपचारमा आउनेलाई केहीमा डेंगु पुष्टि भएको छ भने केहीमा भाइरल संक्रमण जस्तो देखिने गरेको अस्पतालको स्रोतले बताए ।

यसैगर टेकु अस्पतालमा मात्रै होइन ललितपुरस्थित पाटन अस्पतालमा पनि यो हप्ता यस्तै लक्षण लिएर जाने बिरामीको संख्या क्रमश बढ्दै गएको छ। एक हप्तादेखी भाइरल बिरामी बढेको हो । ुसामान्यतया यो मौसममा भाइरलका बिरामी बढ्छन्’, ‘गत वर्ष जस्तै त छैन तर अन्य बेला भन्दा अलि बिरामी बढेका छन्, जसमा काठमाडौंमा डेंगुका बिरामी पनि बडेको पाईएको छ ।’

यसअघि सन् २०१३ मा यस्तै भाइरल संक्रमणका बिरामी बढ्दा परीक्षण गर्दा नेपालमा चिकनगुनियाका संक्रमण भएको पुष्टि भएको थियो। यता अस्पतालमा डेंगुका केस रिपोर्ट हुने दर बढ्दा उपत्यकामा संक्रमितको संख्या पनि बढेको छ।

यसै हप्ता काठमाडौं उपत्यकामा डेगु संक्रमण बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङकले देखाएको छ। एक हप्ताअघि सम्म ५०० भन्दा कम रहेको डेंगु संक्रमण हाल काठमाडौंमा ५८० जना पुगि सकेको छ। जसले गर्दा काठमाडौं डेंगु संक्रमणको ुरेड जोनुमा परेको हो । ५०० भन्दा धेरै संक्रमित भेटिएमा त्यो जिल्ला संक्रमणको ुरेड जोनु मा रहेको मान्ने गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस