आज:  | Sun, 19, May, 2024

धादिङको गल्छी गाउँपालिका वडा नं.६ बैरेनीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा दुईजना घाईते ।

१० आश्विन २०८०, बुधबार ०८:१९ मा प्रकाशित ( ७ महिना अघि) ४१९ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती
नारी वाटिका संवाददाता

धादिङ,१० असोज ।

धादिङको गल्छी गाउँपालिका वडा नं.६ बैरेनीमा मंगलबार बेलुकी समयमा ट्रकले स्कुटरलाई ठक्कर दिदा दुुईजना घाईते भएका छन् । मंगलबार बेलुकी अं.१८ः १५ बजेको समयमा धादिङ जिल्ला गल्छी गाउँपालिका वडा नं।६ बैरेनी स्थित पृथ्वी राजमार्गमा काठमाडौबाट चितवन तर्फ जाँदै गरेको बागमती प्रदेश ०३००१ ख ११८३ नं.को ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो ।

उक्त नं.को ट्रकले सोहि दिशाबाट जाँदै गरेको बागमती प्रदेश(०२०३६ प २३२० नं।को स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक जिल्ला धादिङ गल्छी गाउँपालिका ६ बैरेनी बस्ने बर्ष अं २७ की रबिना अग्ले र सोहि स्कुटर पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष अं २६ की अन्जली ढुङ्गाना घाईते भएका थिए ।

घाईतेहरुलाई बैरेनि अस्पतालमा सामान्य उपचार पश्चात दुबै जना घाईतेलाई थप उपचारको लागी ट्रमा सेटर काठमाण्डौ पठाएको र दुबैको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । साथै घटना स्थानमा प्रहरीचौकी बैरेनिबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको ५ जनाको टोलिबाट उद्धार गरिएको थियो ।

,प्रहरीले दुबै सवारी साधन र ट्रक चालक जिल्ला चितवन भरतपुर महानगरपालिका २७ बस्ने बर्ष अं ३५ को राजु चौधरी प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी तथा डिएसपी सन्तुलाल प्रशाद जैसवारले जानकारी दिन भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस