आज:  | Sat, 27, Apr, 2024

धादिङ गल्छी गाउँपालिका ७ मच्छेडि खोलामा सबारी दुर्घटना 

२४ आश्विन २०८०, बुधबार १४:५२ मा प्रकाशित ( ६ महिना अघि) २६८ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

धादिङ,२४ असोज ।

धादिङ गल्छी गाउँपालिका७सबारी दुर्घटना भएको छ । वुधबार बिहान अं.९ बजेको समयमा जिल्ला धादिङ गल्छी ७ मच्छेडिखोला स्थित पृथ्वी राजमार्गमा गल्छी बाट काठमाण्डौ तर्फ  जाँदै गरेको BAB 3542 नं को स्कारपियो  आफै अनियन्त्रित भई  सडक बाट अं २०० मिटर तल खस्दा स्कारपियो चालक घाईते भएका छन् ।

घाईते हुनेमा धादिङ ज्वालामुखि गाउँपालिका ७ बस्ने बर्ष अं. २२ को युवराज ईटानी घाईते भई उपचारको लागी अम्बिभरोसा अस्पताल गल्छि पठाईएको थियो ।

घाईते ईटनीको भित्री चोट अबस्था मध्यम रहेको जिल्ला पहरी कार्यलय धादिङका सुचना अधिकारी तथा डिएसपी सन्तुलाल प्र.जैसवारले जानकारी दिनु भयो ।

साथै दुर्घटना स्थानमा प्रहरीचौकी गल्छी धादिङबाट प्रसनीको टोली र प्र.चौ बैरेनी बाट प्र.ब.ना.निको टोली खटि गई उद्धार गरिएको थियो ।

उत्त स्कारपियो घटना स्थलमै रहेको छ भने घाइतेलाई थप उपचारको लागि ट्रमा सेंटर काठमाण्डू पठाईएको प्रहरीले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस