आज:  | Sat, 27, Apr, 2024

प्रधानमन्त्रि (प्रचण्ड) ले पूर्व लडाकुको रथी पद थमौती गर्न लागीपछी नेता शेखर कोइरालाको असन्तुष्टि

२८ आश्विन २०८०, आईतवार ०९:०० मा प्रकाशित ( ६ महिना अघि) ३५४ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती
नारी वाटिका डट्कम संवाददाता

काठमाडौं,२८ असोज ।

गठवन्धनका वर्तमान सरकार प्रधानमन्त्रि पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा रहेको सरकारले पूर्व लडाकुको रथी पद थमौती गर्न लागेपछी  नेपाली काँग्रेसका वरिष्ट नेता शेखर कोइरालाको असन्टुष्टी रहेको छ । कांग्रेसका नेता शेखर कोइरालाले तत्कालीन माओवादी लडाकु नेपाली सेनाका सहायक रथी यामबहादुर अधिकारीको म्याद थप गर्ने सरकारको निर्णयको विरोध गर्नु भएको छ ।

दाहाल(प्रचण्ड) नेतृत्वको सरकारले गत भदौ ३१ बाट अनिवार्य अवकाश पाएका अधिकारीलाई विशेष पद सिर्जना गरेर तीन वर्ष म्याद थप गरेको छ । प्रधानमन्त्रि पुष्पकमल दाहालको यो कदमले नेपाली काँग्रेस मात्रै नभई यतिबेला नेपाली सेनाभित्र पनि असन्तुष्टि चुलिँदै गईरहेको छ। नेपाली सेनाका पूर्व अधिकारीहरुले यो निर्णयले सेनाको मनोबल गिराएको भन्दै विरोध समेत गरेका छन् ।

यस विषयमा नेता शेखर कोइरालाले राष्ट्रिय सुरक्षासँग जोडिएको र राजनीतिबाट अलग रहेको संस्थालाई दुरुपयोग गरेको भन्दै सरकारको आलोचना गर्नु भएको छ। नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन।’

भन्दै उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ । सरकारले यतिबेला आफुना हातमा पावर पहुँच छ भन्दैमा ‘सेनामा गरिने राजनीतिक चलखेलले देशमा ठुलै दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं। सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस। भनी असन्तुष्टि व्यत्त गर्नु भएको हो ।

उहाँले आफ्नो फेसबुक पेजको स्टाटसमा यसरी अभिव्यक्ति दिनु भएको जस्ताको तस्तै साभार गरिएको छ ।
नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस