आज:  | Thu, 16, May, 2024

आज बडादशैं नवरात्रको दोस्रो दिन माता भगवती ब्रह्मचारिणीको विधिपूर्वक पूजा अर्चना गरिँदै

२९ आश्विन २०८०, सोमबार ०८:४४ मा प्रकाशित ( ७ महिना अघि) ५५३ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती
नारी वाटिका डट्कम समचारदाता

काठमाडौं,२९ असोज ।

आज बडादशैं नवरात्रको दोस्रो दिन देशैभरको देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको मन्त्रोच्चारण सहित विधिपूर्वक पूजा अर्चना गरिँदै छ। आईबार नेपालीको घर घरमा घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ।

नवरात्रको पहिलो दिन हिजो दशैँघर वा नेपालीहरुका घरको पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो।

त्यसैगरी आज दोस्रो दिन पूजा कोठा तथा पुजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ । खोली तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

ब्रह्मचारिणी देवीलाई ब्रम्ह विद्याशक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ। ब्रहमचारिणी देवीको आराधना गर्नाले व्यक्तिलाई ब्रम्ह अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो महान परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख गरिएको छ।

सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानवचोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक समेत मानिन्छ     ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस