आज:  | Sun, 12, Jan, 2025

मेलम्ची खानेपानी विकास आयोजना समितिले (हेडवर्क्स) मुहान सार्ने तयारी

२९ आश्विन २०८०, सोमबार १६:५० मा प्रकाशित ( १ साल अघि) १४०३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ २९ असोज ।

मेलम्ची खानेपानी आयोजनाको मुहान (हेडवर्क्स) सारिने तयारी भैरहेको छ । यसअघि सिन्धुपाल्चोक जिल्ला को हेलम्बुमा रहेको हेडवर्क्स सो क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिम भएको भन्दै सार्नुपर्ने अबस्था भएको मेलम्ची खानेपानी विकास आयोजना  समितिले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले एसियाली विकास बैङ्क (एडिबी)ले गरेको अध्ययन प्रतिवेदनले दिएको सुझाबका आधारमा आयोजनाको हेडवर्क्स अहिले भएको स्थान भन्दा करिब एक किलोमिटर माथि सार्नुपर्ने भएको जानकारी दिनु भयो ।

साथै मेलम्ची खानेपानी आयोजना निर्माणका लागी आर्थिक तथा प्राविधिक पाटोमा सहयोग गर्दै आईरहेको एडिबी सो आयोजनाको दातृ निकाय हो । मेलम्ची खोलामा आएको पटक पटकको बाढी पहिरोले सो हेडवर्क्स क्षतिग्रस्त हुँदै समस्या पार्दै आएकोछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस