आज:  | Thu, 02, May, 2024

इजरायलमा हमास आक्रमणमा परी मृत्यु भएका ५ जना विद्यार्थीको शव नेपाल ल्याउने तयारी

२९ आश्विन २०८०, सोमबार १९:१९ मा प्रकाशित ( ६ महिना अघि) २५१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ, २९ असोज ।

हमास आक्रमणमा परी मृत्यु भएका ५ जना विद्यार्थीको शव नेपाल ल्याउने तयारी भएको छ । परराष्ट्रमन्त्री नारायण प्रकाश(एनपी)साउदले कृर्षी अध्ययनको सिलसिलामा इजरायलमा रहदा हमासको आक्रमणमा परी मृत्यु भएका १० जना विद्यार्थीहरु मध्य ५जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताउनु भएको छ ।

सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो कुरा बताउनु भएको छ । इजरायलमा आक्रमणमा परी निधन भएकामध्ये ५ जनाको पोस्टमार्टमको काम भइसकेकाले इजरायल सरकारले नेपाल पठाउने तयारी गरेको जानकारी दिनु भएको हो ।

मृतक अन्य ५ को भने परीक्षण तथा पोस्टमार्टम हुन बाँकी रहेकाले चाँडै मेडिकल प्रोसेस पूरा गरेर नेपाल ल्याउने उहाँले भन्नु भयो । हराएका विद्यार्थीका बारेमा इजरायलसँग समन्वय गरेर खोजी भइरहेको बताउनु भयो । सरकारले बेपत्ताको खोजी कार्यलाई तीव्र पारिएको पनि जानकारी दिनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस