आज:  | Thu, 02, May, 2024

धादिङकोल थाक्रे गाउँपालिका ६ मा मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिदा मानिस घाईते ।

४ कार्तिक २०८०, शनिबार १९:३४ मा प्रकाशित ( ६ महिना अघि) ३४६ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

नारी वाटिका डट्कम संवाददाता

धादिङ,४ कात्तिक ।

धादिङ जिल्लाको थाक्रे गाउँपालिका ६ मा मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिदा महिला घाईते भएकी छिन्। शनिबार दिउँसो अं.११ः४० बजेको समयमा धादिङ जिल्ला थाक्रे ६ नेपालटार स्थित पृथ्वि राजमार्गमा काठमाण्डौबाट धादिङ तर्फ जांदै गरेको बा ९१ प ४३२ नं.को मोटरसाईकलले पैदलयात्री धादिङ थाक्रे गाउँपालिका ६ नेपालटोल बस्ने बर्ष ५५ कि कान्छि राईलाई ठक्कर दिदा घाईते भएकी हनु् ।

घाईते राईको अनुहारमा चोट अवस्था मध्यम उपचारको लागि वीर अस्पताल काठमाण्डौ तर्फ पठाईएको छ । साथै घाईते राई बोल्न सक्ने छिन् । निजको उपचारमा उनकी दिदि संग्लग्न रहेकी जनाएको छ । साथै राईलाई ठक्कर दिने मोटरसाइकल ९८६४१७५८१०० चालक ज्वालामुखी गाउँपालिका ७ बस्ने बर्ष वर्ष ३० को पुष्पराज ईटनी, दाहीने आँखामा चोट अवस्था सामान्य रहेको छ ।

साथै उक्त मोटरसाइकलको पछाडि सवार ऐ.बस्ने निजको दाजु बर्ष ४० को हरिराम ईटनी अनुहारमा चोट अवस्था सामान्य, दुबै घाईतेलाई उपचारको लागि मनमोहन अस्पताल काठमाण्डौ पठाइएको छ । दुर्घटना स्थानमा प्रहरीचौकी महादेववेशीबाट प्रनानीको टोली खटि गई उद्धार गरिएको थियो । ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको धादिङ प्रहरी प्रवत्ता सन्तुलाल प्रशाद जैसवारले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस