आज:  | Sun, 19, May, 2024

पाल्पा दुर्घटना एक जनालाई काठमाडौं रिफर, दुई जनाको लुम्बिनिमा उपचार हुँदै

६ कार्तिक २०८०, सोमबार १९:२२ मा प्रकाशित ( ६ महिना अघि) ३१६ पाठक संख्या
नारी बाटिका


पाल्पा ,६ कात्तिक ।

पाल्पा जिल्लामा आजको २४ घण्टामा तीन वटा सवारी दुर्घटना भएको जनाइएको छ। आइतबार रानीमहल नजिकै भएको कार दुर्घटनामा परी एकै परिवारका ६ जनाको मृत्यु भएको हो । त्यस्तै शोमबार बिहान ५ बजे भ्यान दुर्घटनामा परेको हो ।

पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा घाइते भएका पाँच जना मध्ये तीन जना डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

उपचार भैरहेका बाँकी घाईतेहरु पाल्पाकै मिसन अस्पतालमा उपचाररत रहेका जनाईएको छ । आईतबार आर्यभाङ्ज्याङ्बाट रामपुर हुँदै वीरकोट जाँदै गरेको लु१ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको थियो ।

्््््यसैगरी आज पनि दिउँसो अर्को जिप सडकमै पल्टिँदा सवारी धनि सहित तीन जना घाइते भएको पाल्पाका इन्पेक्टर सन्तोस चन्दले जानकारी दिएका छन् ।

सवारी धनी दानबहादुर खत्रीको खुट्टा फ्याक्चर भएकाले काठमाडौं रिफर गरिएको र अरू दुई जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको उहाँले बताउनु भयो ।

गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु१ज ४१६५ नम्बरको जीप सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल खण्डको लामडाँडामा पल्टिएको हो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस