आज:  | Wed, 01, May, 2024

आज बझाङमा सेती नदीमा बगेर एकजना बेपत्ता

११ कार्तिक २०८०, शनिबार १९:३८ मा प्रकाशित ( ६ महिना अघि) २११ पाठक संख्या
नारी बाटिका


बझाङ,११ कात्तिक ।

शनिबार बझाङमा एकजना सेती नदीमा बगेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मष्टा गाउँपालिका ४ आग्राका ४७ वर्षीय सुरेन्द्र कठायत रहेको प्रहरीले जनाएको छ ।

कठायत आज दिउँसो अन्दाजी २ बजेको समयमा सेती नदीमा गाईको बाछो तार्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।उनको खोजीका लागि स्थानीयवासी र प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस