आज:  | Wed, 08, May, 2024

मौसम सम्वन्धी जानकारी : तीन दिन वर्षा र हिमपातको सम्भावना रहेको

१४ कार्तिक २०८०, मंगलवार ०७:५५ मा प्रकाशित ( ६ महिना अघि) २७६ पाठक संख्या
नारी बाटिका


काठमाडौँ,१४ कात्तिक ।

मौसम विज्ञान विभागका अनुसार आजदेखी तिन दिनसम्म  हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अबको केही दिन देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने र देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।

महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख भए बमोजिम आज राति देशभर आंशिक बदली भई मौसम समान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।

भोली वुधबार देशभरमा आंशिक बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै आगमी विहिबार पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस