
नारी बाटिका
धादिङ,
धादिङको निलकण्ठ नगरपालिका ३ धादिङबेसीमा मोटरसाईकल दुर्घटना हुंदा तीन जना घाईते भएका छन् । नगरपालिका–३ सुगमटोलमा मोटरसाईकल दुर्घटना हुँदा तीन जना घाईते भएका छन् ।
आइतबार दिउँसो सिरानबजारबाट पुछारबजार तर्फ जादै गरेको बा.प्र०३–००२ प ६५७० नम्बरको मोटरसाईकल र पार्किङ गरि राखेको बा ८८ प ५१२३ नम्बरको मोटरसाईकल घुमाउने क्रममा ठक्कर खादा घुर्टना भएको हो ।
दुर्घटनामा परि घाईते हुने हरुमा दुबै मोटर साईकल चालक चितवन भरतपुरका ५३ वर्षीय प्रकाश अधिकारी, नीलकण्ठ नगरपालिका–४ का २४ वर्षीय रमेश ढकाल र मेटरसाईकल पछाडी सवार दाङ घोराहीका ४४ वर्षीय सोभराम पौडेल घाईते भएको धादिङ प्रहरीले जनाएको हो ।
घाईतेहरुको धादिङ अस्पतालमा उपचार भईरहेको छ भने मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस