आज:  | Thu, 02, May, 2024

कांग्रेसले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा २ सय ५० स्वयंसेवक पठाउँदै

६ मंसिर २०८०, बुधबार ०८:०५ मा प्रकाशित ( ५ महिना अघि) १९४ पाठक संख्या
नारी बाटिका


फाईल : तस्वीर

भगवती वि.वी.यु

काठमाडौं ,६ मंसिर ।

भुकम्प पिडितहरुका लागी मलामपट्टी लगाउन नेपाली कांग्रेसले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा २ सय ५० स्वयंसेवक पठाउने भएको छ । गत कात्तिक १७ गते नपालको जाजरकोट लगायत आसपासमा जिल्लामा ठुलो धनजनको क्षति पुर्याएर गएको भुकम्पले यतिबेला त्यस क्षेत्रका नागरिकहरु चिसोका कारण कोही विरामी त केहीको मृत्यु समेत हुन थालेकोले सबैभन्दा पहिला अस्थाई रुपमा भएपनि तत्काल आवास निर्माण गर्नु पर्ने अबस्था छ ।

यसै समस्या र भुकम्प पिडित उनिहरुका जिवन रक्षाका लागी कांग्रेसले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न पहिलो चरणमा १०÷१० जनाको १३ वटा समूह भूकम्प प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको हो ।

काँग्रेसका प्रभावशाली नेता तथा पार्टीका महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा मंगलबार बसेको पार्टीका पदाधिकारी,केन्द्रीय सदस्यहरू एवं भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको बैठकले एक इन्जिनियर वा ओभरसियर, दुई दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरी १० जनाको १३ वटा समूह पहिलो चरणमा भूकम्प प्रभावित क्षेत्रमा खटाउने निर्णय गरेको हो ।

छिटो भन्दा छिटो त्यस क्षेत्रमा आवास निर्माण गरिदिने लक्ष राखी कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार पहिलो चरणमा एक हप्ता काम गरिसकेपछि क्रमिक रूपमा अर्को १२ वटा समूहलाई सम्बन्धित क्षेत्रमा पठाई पहिलो समूहलाई प्रतिस्थापन गरिने भएको छ ।

यसैगरी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी बैठकले अस्थायी आवास निर्माणका लागी २५ वटा टोली बनाएर २ सय ५० भन्दा बढी स्वयंसेवक खटाउने निर्णय गरेको थियो । उक्त बैठकमा उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि सरकारले हालसम्म गरेका कामको जानकारी पनि दिनु भएको थियो ।

जाजरकोट लगायत रुकुमपश्चिमका भूकम्प प्रभावितका लागी एक हजार घर बनाउन दक्ष जनशक्ति परिचालन गर्ने भन्दै कांग्रेसले केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा एक समूह सोमबार नै प्रभावित क्षेत्रमा पठाइसकेको छ । सरकारले अनुदान रकम दिए पनि अस्थायी टहरा बनाउन जनशक्तिको अभाव देखिएको जिकिर गर्दै काँग्रेस नेता विश्वकर्माले भन्नु भयो घरमा युवा जनशक्ति नहुनेले आवास निमार्ण कठिन छ ।

साथै बढी ‘जोखिममा रहेका परिवार, बिरामी पर्दै गएका,केही मृत्यु समेत भैसकेको छ भने असक्त,सुत्केरी,गर्भवती, एकल महिला र वृद्धवृद्धा मात्रै भएका परिवारले पैसा मात्रै पायर के गर्ने ? पैसाले घर ठडिदैन ? काम गर्ने जनशक्तिको पनि तेतिकै समस्या देखिएको छ । त्यसैले स्थानीय सरकारसँग समन्वय गरेर त्यस्ता परिवार पहिचान गरी अस्थायी आवास बनाउन काँग्रेसले स्वयंसेवक परिचालन गर्ने निर्णय गरेका हौं ।’

कांग्रेसले अस्थायी आवास बनाउन नेविसंघ–तरुण दलबाट स्वयंसेवक, इन्जिनिरिङ एसोसिएसनबाट इन्जिनियर र टे«ड युनियनबाट मिस्त्री समेत पठाईने बताएको छ । उक्त काममा खटिएका जनशक्तिका लागी लाग्ने सम्पूर्ण खर्च कांग्रेसले नै व्यहोर्ने भएको छ । श्रमदानमा खटिएका जनशक्तिका साथमा सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन गर्न प्रजातन्त्रवादी चिकित्सक संघका चिकित्सकहरू पनि परिचालन गर्ने समेत पार्टीले निर्णय गरेको छ ।

यतिबेला त्यस भुकम्प प्रभावित क्षेत्रमा बालबालिकाहरुले पढ्न पाईरहेका छैनन् । दशौं विध्यालयहरु भुकम्पले भत्काइ दिएपछी कक्षा सञ्चालन गर्न सकिरहेको छैन । साथै तत्कालै बालबालिकाको पढाईमा आवश्यक भौतिक तथा अन्य बन्दोवस्त मिलाउन नेपाल शिक्षक संघले सामूहिक रूपमा कार्य गर्ने भएको छ । कात्तिक १७ गते राती जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पमा परी १ सय ५३ जनाले ज्यान गुमाएका थिए । भुकम्प पच्छाद् चिसोका कारण एक दर्जन समेतले ज्यान गुमाई सकेको अबस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस