आज:  | Sun, 05, May, 2024

नीलकण्ठ बहुमुखी क्याम्पसको २४ औं स्थापना दिवस अभिभावक भेला सम्पन्न

६ मंसिर २०८०, बुधबार २०:३० मा प्रकाशित ( ५ महिना अघि) ५०८ पाठक संख्या
नारी बाटिका


भगवती विवियु
नारी वाटिका संवाददाता

धादिङ ६ मंसिर

धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको २४ औं स्थापना दिवस तथा अभिभावक भेला सम्पन्न भएको छ । निलकण्ठ नगरपालिकाको धादिङबेशीमा संन्चालित नीलकण्ठ बहुमुखी क्याम्पसको २४ औं स्थापना दिवस वुधबार सम्पन्न भएको हो । आज क्याम्पसले एक कार्यक्रमको आयोजना गरि २४औं स्थापना दिवसको अबसरमा अभिभावक सम्पन्न गरेको छ ।

ब्याम्पसका अध्यक्ष शम्भुकुमार श्रेष्ठको अध्यक्षता तथा धादिङ क्षेत्र न.ं२ (क)का संघिय सांसद रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेश सांषदगोविन्द प्रशाद लम्शालको विशेष आतिथ्यता रहेको थियो । उक्त कार्यक्रमलाई प्रमुख अतिथी रामनाथ अधिकारीले सम्बोधन गर्नु हुंदै नीलकण्ठ बहुमुखी क्याम्पस चलेन भने सदरमुकामको महत्व नै सकिने बताउनु भयो ।

यस जिल्ला मात्रै नभएर पछिल्लो समय नेपालका धेरै विद्यार्थीहरु वैदेशीक अध्ययन संगसंगै रोजगारीमा जानेक्रम बढेको कारणले पनि क्यापसमा विद्यार्थीको संख्यामा दिन प्रतिदिन घट्दै गएको बताउदै क्याम्पसको स्तरउन्नतीको लागि जनप्रनितिधी, अभिभावकहरु र सरोकारवला निकाय निरन्तर लाग्नु पर्नेमा जोड दिनु भयो ।

विद्यार्थीको सुन्दर भविश्य जोडिएको क्याम्पसलाई प्राविधिक धार तर्फ लैजाने कुरामा आफु निरन्तर लागि परिरहेको र छात्रावास भवन निर्माणको काम तत्काल सुरु हुने पनि सांसद अधिकारीले बताउनु भयो । त्यस्तै नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले विद्यार्थीहरु विदेश पलायन हुनेक्रम बढ्दै जाँदा शिक्षा क्षेत्रमा कहाली लाग्दो अवस्था सिर्जना भएको बताएका छन् ।

यस समस्या समाधान गर्ने तर्फ सबै मिलेर नयाँ ढगंको बहस गर्नुपर्ने आवश्यक रहेको बताउनु भएको छ । १२ कक्षा सम्म अध्ययन गर्ने विद्यार्थीहरुले अहिलेदेखि नै उच्च शिक्षा अध्ययनकोलागी विदेश रोज्ने हुनाले अहिले क्याम्पसमा विद्यार्थीको संख्यामा कमि आएको क्याम्पस प्रमुख नवराज शर्माले बताउनु भयो ।

साथै कार्यक्रमको अवसरमा नीलकण्ठ बहुमुखी क्याम्पसको वर्ष उत्कृष्ट प्राध्यापक र वर्ष उत्कृष्ट कर्मचारीबाट प्राध्यापक सुरेन्द्र, शाह र कर्मचारी इस्वित श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%१%

प्रतिक्रिया दिनुहोस